Trending
Prev Story
Next Story

युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

Arthasansar •
November 09, 2026 • 03:04 AM
3
3 reads 0 reactions

म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले...

युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले दुई पटक पुनरागमन गरे पनि जित निकाल्न सकेन। खेलको इन्ज्युरी समयमा प्याट्रिक डोर्गु र जोसुवा जिर्कजीले गोल गरेपछि युनाइटेडले हार टारेको हो।

खेलको सुरुवातमै भिल्लाले आक्रामक प्रदर्शन गर्‍यो। एलिसनले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि निकोलस ज्याक्सनले गोल थप्दा भिल्ला २–० ले अघि बढ्यो। युनाइटेडले १६औं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट खेलमा फर्कने प्रयास गर्‍यो। पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युरी टिलेमान्सले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।

दोस्रो हाफमा भिल्लाले पुनः दुई गोलको अग्रता बनायो। जोन म्याकगिनले ४८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने ५३औं मिनेटमा लियोन गोरेट्ज्काले गोल थपे। तर, युनाइटेडले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्‍यो। इन्ज्युरी समयको दोस्रो मिनेटमा डोर्गुको पासमा जिर्कजीले गोल गरे। त्यसको केही समयपछि डोर्गुले नै गोल गर्दै खेल ४–४ को बराबरीमा पुर्‍याए। यस बराबरीसँगै युनाइटेड रेलिगेसन क्षेत्रबाट बाहिरिन सकेन। टोली १८औं स्थानमा छ भने भिल्ला १०औं स्थानमा रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
15h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#प्रिमियर-लिग #रोमाञ्चक
Compare →
Hamro Patro News
53m ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र उनको प्रशिक्...

#युनाइटेड
Compare →

Related Stories

Business & Economy
Build #2612