Trending
Prev Story
Next Story

बलिङमा चम्किएका नेपाली, ब्याटिङमा विदेशी हावी

Onlinekhabar •
November 09, 2026 • 02:00 AM
3
3 reads 0 reactions 4 comments

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म भएका १८ खेलहरूको प्रदर्शन हेर्दा ब्याटिङमा विदेशी खेलाडीको प्रभाव देखिएको छ भने बलिङमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा …

1 / 3
Swipe Photos

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म भएका १८ खेलहरूको प्रदर्शन हेर्दा ब्याटिङमा विदेशी खेलाडीको प्रभाव देखिएको छ भने बलिङमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशीको बाहुल्य रहँदा सर्वाधिक विकेट लिने सूचीमा नेपाली बलर अगाडि देखिएका छन्।

सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीमा तीन नेपाली मात्र छन्। विराटनगर किङ्सका लोकेश बम १९४ रनसहित शीर्ष स्थानमा छन्। कर्णाली याक्सका पवन सर्राफ मोइन अलीसँग समान रन बनाएर आठौं स्थानमा छन् । विराटनगरकै इमरान शेख १०० रनसहित नवौं स्थानमा छन्। बाँकी सबै विदेशी खेलाडी छन्।

लोकेशले पाँच खेलमा दुई अर्धशतकसहित १९४ रन बनाएका छन्। उनले १५३.९६ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन्। दोस्रो स्थानमा रहेका विराटनगरकै आन्द्रे रसेलले पाँच खेलमा १४४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १८९.४७ छ। जनकपुर बोल्ट्सका सेफ हसन १४० रनसहित तेस्रो स्थानमा छन्।

काठमान्डु गोर्खाजका डेभिड वार्नरले तीन खेलमा १२६ रन बनाएका छन्। उनको औसत ६३ र स्ट्राइक रेट १५० छ। कर्णाली याक्सका अरिफुल इस्लामले चार खेलमा ११९ रन बनाउँदा चितवन राइनोजका रवि बोपारा र डाविड मलानले क्रमशः ११६ र ११४ रन बनाएका छन्।

विदेशी ब्याटरको प्रभाव देखाउने अर्को उदाहरण डेभिड मिलर हुन्। कर्णाली याक्सबाट एक खेल मात्र खेलेका मिलरले अविजित ९३ रन बनाएका छन्। उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए।

एक खेल खेलेरै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष १० भित्र अटाएका छन्।

ब्याटिङमा विदेशी खेलाडीको बाहुल्य देखिए पनि बलिङमा नेपाली खेलाडीले राम्रो प्रभाव छाडेका छन्। सर्वाधिक विकेट लिने शीर्ष १० खेलाडीमध्ये ६ जना नेपाली छन्।

लुम्बिनी लायन्सका शेर मल्ल ४ खेलमा ८ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। जनकपुर बोल्ट्सका राहुल यादवले पनि आठ विकेट लिएका छन् तर उनले शेरभन्दा एक खेल बढी खेलेका छन् ।

जनकपुरकै मोइन अलीले ४ खेलमा ७ विकेट लिएका छन्। यद्यपि उनी टी-१० लिग खेल्नका लागि यूएई गइसकेका छन् ।

सुदूरपश्चिम रोयल्सका अनिल खरेलले ५ खेलमा ७ विकेट लिएका छन्। चितवन राइनोजका कमलसिंह ऐरीले ३ खेलमा ७ विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका छन्। उनले ६ ओभरमा ३३ रन खर्चिएका छन्। उनको बलिङ औसत ४.७१ छ।

चितवनकै रिजन ढकालले ३ खेलमा ७ विकेट लिएका छन्। उनले पछिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ४ विकेट लिँदै टोलीलाई ३० रनको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। कर्णाली याक्सका सोमपाल कामीले पनि ४ खेलमा ७ विकेट लिएका छन्।

नेपाली बलरमध्ये कमलसिंह ऐरीको प्रदर्शन विशेष उल्लेखनीय छ। उनले २ इनिङ मात्र बलिङ गरेका हुन् र ७ विकेट लिँदा प्रतिविकेट औसत ४.७१ रन खर्चिएका छन्।

शेर मल्ल र राहुल यादवले ८–८ विकेट लिएर सर्वाधिक विकेटको सूचीमा संयुक्त अग्रता बनाएका छन्।

जनकपुरका हर्मीत सिंह र विराटनगर किङ्सका एन्जेलो म्याथ्युजले ५ खेलमा ७ तथा काठमान्डु गोर्खाजका जहानदाद खानले ४ खेलमा ७ विकेट लिएका छन् ।

एनपीएलमा विदेशी खेलाडीको उपस्थितिले ब्याटिङमा प्रतिस्पर्धा बढाएको देखिन्छ। वार्नर, रसेल, सेफ हसन, अरिफुल इस्लाम, बोपारा र मलानजस्ता खेलाडीले आफ्नो टोलीका लागि रन बनाइरहेका छन्। अर्कोतर्फ नेपाली बलरले पनि विदेशी ब्याटरलाई चुनौती दिँदै विकेट लिइरहेका छन्।

लिग चरणका खेल जारी रहँदा ब्याटिङ र बलिङ दुवैको सूचीमा परिवर्तन हुन सक्नेछ। तर अहिलेसम्मको प्रदर्शनले एनपीएलमा विदेशी ब्याटरको प्रभाव र नेपाली बलरको क्षमता दुवैलाई देखाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताए...

#एनपीएल #प्रिमियर-लिग #प्रदर्शन
Compare →
Arthasansar
14h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612