Trending
Prev Story
Next Story

तौल घटाउने औषधि खाने सोचमा हुनुहुन्छ ? नयाँ अध्ययनले देखायो कपाल झर्ने जोखिम

Ekantipur •
September 12, 2026 • 10:11 AM
2
2 reads 0 reactions

अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ ।

तौल घटाउने औषधि खाने सोचमा हुनुहुन्छ ? नयाँ अध्ययनले देखायो कपाल झर्ने जोखिम

अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ ।

काठमाडौँ — ओजेम्पिक, वेगोभी र जेपबाउन्ड जस्ता तौल घटाउने जीएलपी–१ वर्गका औषधि प्रयोग गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिल्यै पहिचान गर्न सकिने सम्भावनातर्फ नयाँ अनुसन्धानले संकेत गरेको छ ।

अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ । जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीमा प्रकाशित अध्ययनले यस्तो सम्बन्ध पहिलो पटक वैज्ञानिक रूपमा प्रस्तुत गरेको हो ।

अनुसन्धानमा जीएलपी–१ जीनको उच्च गतिविधिसँग सम्बन्धित आनुवंशिक विशेषता भएका पुरुषमा वंशाणुगत कपाल झर्ने अतिरिक्त जोखिम करिब ७ प्रतिशत बढी रहेको पाइएको छ । उच्च रक्तचाप, इन्सुलिन प्रतिरोध र टेस्टोस्टेरोनको स्तरजस्ता अन्य सम्भावित कारणलाई समायोजन गरेपछि पनि यो सम्बन्ध कायम रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता लिन पेटुखोभाका अनुसार, भविष्यमा थप अनुसन्धानले यो सम्बन्ध पुष्टि गरेमा चिकित्सकले जीएलपी–१ औषधि सिफारिस गर्नुअघि जोखिम भएका व्यक्तिलाई पहिचान गर्न सक्नेछन् । यसले कपाल झर्ने सम्भावना कम गर्ने संयुक्त उपचार विकासको बाटो पनि खोल्न सक्ने उनको भनाइ छ ।

हालसम्म जीएलपी–१ औषधि प्रयोगकर्तामा देखिने कपाल पातलो हुने समस्यालाई तीव्र तौल घट्दा हुने अस्थायी असरका रूपमा हेरिँदै आएको थियो । तर नयाँ अध्ययनले आनुवंशिक पक्षसमेत जोडिएको हुन सक्ने संकेत दिएको छ ।

यद्यपि अनुसन्धानकर्ताले यो अध्ययनले जीएलपी–१ औषधिले प्रत्यक्ष रूपमा कपाल झार्छ भन्ने निष्कर्ष ननिकालेको स्पष्ट पारेका छन् । जीएलपी–१ गतिविधिले कपालको जरामा कसरी प्रभाव पार्छ भन्ने विषय र यो सम्बन्ध महिलामा पनि लागू हुन्छ वा हुँदैन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ ।

अमेरिकामा यी औषधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । अध्ययनमा उद्धृत सर्वेक्षणअनुसार करिब १२ प्रतिशत अमेरिकीले तौल घटाउने उद्देश्यले मात्र जीएलपी–१ औषधि प्रयोग गरिसकेका छन् भने सन् २०२० मा ओजेम्पिक स्वीकृत भएपछि यसको प्रिस्क्रिप्सन तीन गुणाभन्दा बढी बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा केही बढी थियो। तर यी समूहबिचको भिन्नता ठुलो थिएन।

#अध्ययन #पुरुष #खाने
Compare →
Hamro Patro News
22h ago
चीनमा तौल घटाउने खाने औषधि स्वीकृत

चीनमा तौल घटाउने खाने औषधि स्वीकृत

• चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि 'ओर्फोग्लिप्रोन' स्वीकृत गरेको छ। • यो औषधि मोटोपना र स्वास्थ्य समस्यासँग सम्बन्धित वयस्कहरूको उपचारका लागि प्रयोग हुनेछ। • एली ल…

#तौल #घटाउने #औषधि
Compare →
Onlinekhabar
1w ago
दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै …

#अध्ययन
Compare →

Related Stories

National (Nepal)
Build #2612