Trending
Prev Story
Next Story

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

Ekantipur •
November 08, 2026 • 03:02 AM
3
3 reads 0 reactions

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

काठमाडौँ — जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् । भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर भागेका थिए ।

जापानको मौसम विज्ञान एजेन्सी ( जेएमए ) ले भूकम्पको तीव्रता ५.७ म्याग्निच्युड मापन गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यसको तीव्रता ५.५ म्याग्निच्युड रहेको जनाएको छ । भूकम्पपछि साना परकम्पसमेत गएका थिए ।

स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर ४ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु शिजुओका प्रिफेक्चरमा थियो । पृथ्वीको सतहबाट करिब ४० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पको सबैभन्दा तीव्र धक्का आइची प्रिफेक्चरमा महसुस गरिएको आधिकारिक भूकम्पीय विवरणमा उल्लेख छ ।

भूकम्पले मध्य जापानका विभिन्न क्षेत्र प्रभावित भएका छन् । हमामात्सु सहरसहित पुराना राजधानी सहर क्योटो र नारामा पनि धक्का महसुस गरिएको थियो । माउन्ट फुजी रहेको यामानासी र गिफु प्रिफेक्चरमा समेत भूकम्पको असर परेको थियो ।

जापानी टेलिभिजनले प्रसारण गरेका दृश्यमा पसलका सिसा फुटेको र सडकमा सिसाका टुक्रा छरिएको देखिएको थियो । भूकम्पका कारण एउटा पुस्तक पसलका दराजबाट पुस्तकहरू खसेर छरिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही भवनबाट बाहिरिने क्रममा सिँढीबाट लडेर चोट लागेका हुन् ।

भूकम्पपछि रेल सेवा पनि प्रभावित भएको छ । प्रभावित क्षेत्रमा चल्ने शिन्कान्सेन बुलेट ट्रेनहरू सावधानीका लागि कम गतिमा सञ्चालन गरिएको थियो । भूकम्पका कारण रेलमार्ग र पूर्वाधारमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै गति घटाइएको हो । प्रभावित क्षेत्रबाट टाढा रहेको राजधानी टोकियोमा भने भूकम्पको धक्का महसुस भएन ।

प्रशान्त महासागरीय क्षेत्रको 'रिङ अफ फायर' मा पर्ने भएकाले जापान भूकम्प र ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको देश हो । त्यहाँ नियमित रूपमा विभिन्न तीव्रताका भूकम्प जाने गर्छन् । सम्भावित क्षति र मानवीय जोखिम कम गर्न जापानमा भवन निर्माणका कडा मापदण्ड र विपद् पूर्वतयारीका व्यवस्था लागू गरिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार ...

#घाइते
Compare →
Onlinekhabar
18h ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#जापान
Compare →
Nagarik News
19h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →

Related Stories

Science & Climate
Build #2612