Trending
Prev Story
Next Story

कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी

Nagarik News •
November 08, 2026 • 12:25 AM
3
3 reads 0 reactions

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ।

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरे स्वस्थ भइने आयुर्वेदिक मत छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

प्रकाशित: २२ कार्तिक २०८३ ०६:१० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
विधिपूर्वक गरियो गोवद्र्धन पूजा

विधिपूर्वक गरियो गोवद्र्धन पूजा

काठमाडौँ। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिएको हो । द्वापर ...

#पूजा
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#पूजा
Compare →
Onlinekhabar
1d ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#कुकुर
Compare →

Related Stories

Education & Youth
Build #2612