Trending
Prev Story
Next Story

काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

Onlinekhabar •
November 07, 2026 • 03:00 PM
3
3 reads 0 reactions 4 comments

२१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार तेस्रो जित हात पारेको छ । डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ …

काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

२१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार तेस्रो जित हात पारेको छ ।

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दिप जोराले सर्वाधिक ४५ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो सिजन च्याम्पियन बन्दा लगातार ६ खेल जितेको लुम्बिनी यस सिजन सुरुवाती चार खेलमा अपराजित थियो । तर काठमान्डु विरुद्ध ब्याटिङ कोल्प्याप्स हुँदा लुम्बिनीले एनपीएलमा १० खेलपछि पहिलो हार बेहोरेको थियो । हारका बावजुत पनि लुम्बिनी ५ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।

पहिलो खेल हारेपनि लगातार तीन जित हात पारेको काठमान्डु ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट सुदूरपश्चिम रोएल्सको समान ६ अंक भएपनि काठमान्डु रनरेटमा अघि छ ।

१६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले खराब सुरुवात गर्दा पावर प्ले भित्रै ६ विकेट गुमाएको थियो । ओपनर डार्शी सर्ट ४, आसिफ १, निरोशन डिकवेला १४ र ग्रान्ड स्टेवार्ट ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल र दिलिप नाथले खाता समेत खोल्न सकेनन् ।

काठमान्डुका जहानदान खान र कप्तान करण केसीले लुम्बिनीले टप अर्डर र मिडल अर्डरलाई पावर प्लेमै ध्वस्त पारेका थिए । खानले पहिलो स्पेलमै ३ ओभर बलिङ गरेर ४ विकेट लिएका थिए ।

पाँचौ नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले त्यसपछि एक छेउबाट इनिङ्स सम्हाल्दै लुम्बिनीलाई कम स्कोरमा समेटिनबाट जोगाए । सन्दिपले सातौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २१ रनको साझेदारी गरे । ट्रम्पलम्यान ११ रन बनाएर आउट भए। ४७-७ को स्थितीमा रहेको लुम्बिनीको इनिङ्स जोरा र अभिशेष गौतमले अघि बढाए । यो जोडीले आठौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि लुम्बिनीको स्कोर हेर्नलायक बनेको थियो ।

अभिशेषले १७ बल खेल्दै १ चौका मदतमा १६ रन जोडे । एक छेउ सम्हालिरहेका सन्दिप जोरा पनि १८औं ओभरको चौथो बलमा आउट भए । जोराले ४५ बल खेल्दै ३ चौका मदतमा ४४ रन बनाए । शेर मल्ल अन्तिम ओभरमा १२ रनमा आउट भए । तिलकराज भण्डारी १ रनमा अविजित रहे ।

काठमान्डुका लागि जहानदाद खानले ४ ओभरमा २३ रन खर्चर सर्वाधिक ४ विकेट लिए । करणले ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर २ विकेट लिए । शाहब आलम, सन्तोष यादव, रसिद खान र सहान अराचिगेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

पहिलो विकेटका लागि वार्नरले साहिल पटेलसँग शतकिय साझेदारी गर्दै सानदार सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले कमजोर ब्याटिङ गरेपछि काठमान्डु १६० रनमा समेटिएको थियो ।

काठमान्डुका लागि अष्ट्रेलियन महान ब्याटर वार्नरले सर्वाधिक ६६ रन बनाए । ५० बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर पटेलले ३६ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३८ रन बनाए । सहान अराचिगेले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३४ रन बनाए ।

१२ ओभरमा कुनै विकेट नगुमाई १०० रन पूरा गरेको काठमान्डुका लागि वार्नर र पटेलले पहिलो विकेमा १०४ रन साझेदारी गरेका थिए । तर १४औं ओभरमा पटेल आउट भएपछि काठमान्डुको रन गति रोकियो ।

१६औं ओभरको पाँचौ बलमा शेर मल्लले वार्नरलाई सन्दिप जोराबाट क्याचआउट गराएपछि काठमान्डुले दोस्रो विकेट गुमायो । त्यसपछि भने लुम्बिनीका बलरले काठमान्डुको ब्याटिङ लाइन ध्वस्त बनाए ।

अभिशेष गौतमले १७औं ओभरको सुरुवाती दुई बलमा कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले ९ रन बनाए । बोसिस्टोले खाता खोल्न सकेनन् । रसिद खान १, जहान्दन खान ६, मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिए । अभिशेषले ४ ओभरमा १५ र शेरले ४ ओभरमा १९ रन खर्चिए । ३ ओभर बलिङ गरेका ट्रम्पलम्यानले २४ रन खर्चिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
39m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
17h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
3h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
18h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →

Related Stories

National (Nepal)
Build #2612