Trending
Prev Story
Next Story

सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

Ekantipur •
November 07, 2026 • 02:01 PM
3
3 reads 0 reactions

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे ।

सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे ।

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारको काम हिन्दी जासुसी फिल्म जस्तो देखिएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे । उनले भने – 'हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने काम भएको देखाउँछन्, सरकारको काम गराइ त्यस्तै छ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कर्मचारी र नेतामाथि के हुने हो जस्तो अवस्था सिर्जना भएको छ ।’

गणतन्त्र र संघीयता पक्षधरलाई बदमास र अपराधी चित्रण गरिएको भन्दै दाहालले आपत्तिसमेत जनाएका थिए । आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारकाविरुद्ध अभियान चलाउँदा सरकारलाई अपदस्थ गरिएको उनको दाबी थियो । विगत ३५ वर्षमा देशमा केही नभएको गलत भाष्य चलाइएको दाहालले टिप्पणी गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
शनिबारको राशिफल : यी तीन राशिलाई विशेष अवसर, अन्यको दिन कस्तो ?

शनिबारको राशिफल : यी तीन राशिलाई विशेष अवसर, अन्यको दिन कस्तो ?

काठमाडौं– आज विक्रम सम्वत् २०८३ कात्तिक २८ गते शनिबार, ईस्वी सम्वत् २०२६ नोभेम्बर १४, नेपाल सम्वत् ११४७ कछलाथ्व पञ्चमी । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १...

#काठमाडौं #शनिबार
Compare →

Related Stories

Politics & Governance
Build #2612