Trending
Prev Story
Next Story

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

Nagarik News •
November 07, 2026 • 10:58 AM
3
3 reads 0 reactions

युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्।

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्।

युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन्। गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो।

शान्ति पहललाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन्।

राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार, रातभरि किएभमा भएका रुसी क्षेप्यास्त्र आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ। आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा थप अवरोध सिर्जना भएको छ।

किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताए । उनले राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको र त्यसबाट सहरको ताप तथा खानेपानी आपूर्ति प्रणाली प्रभावित भएको जानकारी दिए।

यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा उद्धार तथा पुनःस्थापनाका काम जारी छन्। सोमबार उक्त गाउँमा रुसी निर्देशित बमहरू पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा खस्दा ठूलो क्षति भएको थियो। आक्रमणका बेला स्थानीय बासिन्दाहरू त्यहाँ मानवीय सहायताको प्रतीक्षामा थिए।

सहायता वितरण केन्द्रका रूपमा प्रयोग भइरहेको पूर्वविद्यालय भवनमा भएको उक्त आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो। शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ मानिस अझै बेपत्ता छन्।

प्रकाशित: २१ कार्तिक २०८३ १६:४३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

काठमाडौं । फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको विस्तृत विवरण भने सार्वजनिक नभएको बीबीसील...

#रुसी #आक्रमण
Compare →
Onlinekhabar
15h ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#आक्रमण
Compare →
Arthasansar
20h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612