Trending
Prev Story
Next Story

ग्वाटेमालामा सांसद्लाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

Ekantipur •
November 07, 2026 • 08:01 AM
4
4 reads 0 reactions

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद् निर्वाचित भएका थिए

ग्वाटेमालामा सांसद्लाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद् निर्वाचित भएका थिए

काठमाडौँ — ग्वाटेमालामा एक सांसद्लाई लक्षित गरी शुक्रबार भएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ। आक्रमणमा लक्षित सांसद् भने सकुशल बचेका छन्।

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद् जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए। जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो।

गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ। उनीहरूले सांसद्लाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ। आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन।

जाकापा क्षेत्रमा लागुऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ। उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ।

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद् निर्वाचित भएका थिए। पछि उनी पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गरेका थिए।

टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#आक्रमण #मृत्यु
Compare →
Onlinekhabar
7h ago
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती …

#आक्रमण
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2612