Trending
Prev Story
Next Story

अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, …

अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ।

न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई हप्काएका थिए।

दुवैले जेलेन्स्कीलाई उनका भनाइहरूका कारण अमेरिकी राष्ट्रपति रुष्ट भएको बताएपछि जेलेन्स्कीले स्पष्टीकरण दिँदै आफूले त्यस्तो कहिल्यै नभनेको बताएका थिए।

यस महिना रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णय, रुसमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र युक्रेनलाई दिइने अमेरिकी सहायता सीमित गर्नेजस्ता मुद्दाहरूमा ट्रम्प र जेलेन्स्कीबीच पटक-पटक सवालजवाफ भएको छ।

ट्रम्पलाई हत्तपत्त जवाफ लगाउँदैनन् विश्वनेताहरू

ट्रम्पको आक्रामक रवैयाका कारण धेरै देशका नेताहरू उनीसँग भिड्नबाट जोगिन्छन्। जवाफ फर्काउँदा ट्रम्प रिसाउन सक्ने वा आफ्नो देशमा नयाँ ट्यारिफ लगाउन सक्ने डर उनीहरूमा हुन्छ।

ट्रम्प अन्य देशका नेताहरूबाट सम्मान र नरमीको अपेक्षा गर्छन्, तर आफू भने त्यस्तो गर्दैनन्। अपवादमा ती नेताहरू पर्छन्, जसले उनको कुरा मान्छन् वा जससँग ट्रम्प राम्रो सम्बन्ध बनाउन चाहन्छन्।

यिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका नेता किम जोङ उन जस्ता नेताहरू पर्छन्।

ट्रम्पको दोस्रो कार्यकालमा धेरै नेताहरूले अमेरिकी राष्ट्रपतिको आलोचनाको जवाफ दिने वा मौन बस्ने भन्ने निर्णय गर्नुपरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको दबाबसामु झुक्नुको सट्टा जवाफी कदम चाले। उनले अमेरिकाको ट्यारिफबराबर नै क्यानेडियन ट्यारिफ लगाए।

जेलेन्स्कीको अवस्था भने फरक छ। क्यानडाजस्तो युक्रेनसँग अमेरिकाबाट टाढा रहने त्यति धेरै ठाउँ छैन। रुसी आक्रमणको सामना गर्न उसलाई अमेरिकी हतियार, जासुसी जानकारी र अन्य सहायताको आवश्यकता छ। यही कारणले गर्दा जेलेन्स्कीलाई आफ्ना कुरा राख्ने र अमेरिकालाई रुष्ट नबनाउने बिचमा सन्तुलन कायम गर्नुपर्ने बाध्यता छ।

नर्वे र फिनल्यान्डका नेताहरू पनि बैठकमा उपस्थित

ओस्लोमा भएको बैठकको उद्देश्य ट्रम्प र जेलेन्स्कीबीचको हालैको तनावलाई कम गर्नु थियो। विटकफ रुस जानुअघि नर्वेको राजधानीमा रोकिएका थिए। बिरामी भएका कारण कुस्नर उनीसँग आएनन्, तर भिडियो कलमार्फत कुराकानीमा सहभागी भएका थिए।

रुसप्रति ट्रम्पको बढ्दो झुकावलाई लिएर अमेरिकामा हुने मध्यावधि निर्वाचनसँग त यसको कुनै सम्बन्ध छैन भन्ने चर्चा भइरहेको छ। तर कुराकानीको जानकारी राख्ने व्यक्तिका अनुसार, विटकफ र कुस्नरले जेलेन्स्कीलाई रुसप्रतिको अमेरिकी नीतिको आन्तरिक राजनीतिसँग कुनै सम्बन्ध नरहेको कुरा लामो समयसम्म जोड दिएर सम्झाएका थिए।

यस बैठकमा जेलेन्स्कीसँगै उनका दुई समर्थक पनि उपस्थित थिए- नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब। दुवैले युक्रेनको चर्को समर्थन गर्छन्।

युरोपका अन्य नेताहरू जस्तै उनीहरू पनि ट्रम्पको रुसप्रतिको झुकावसँग सहमत छैनन्। यद्यपि, उनीहरू पनि ट्रम्पलाई अनावश्यक रूपमा रुष्ट बनाउनबाट भने जोगिन चाहन्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#राष्ट्रपति #अमेरिकी #ट्रम्प
Compare →
Hamro Patro News
2d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्। भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिक...

#राष्ट्रपति #अमेरिकी #ट्रम्प
Compare →
Arthasansar
23h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612