Trending
Prev Story
Next Story

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

Ekantipur •
November 07, 2026 • 01:32 AM
2
2 reads 0 reactions

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एनपीएलले नेपाली क्रिकेटको मात्रै नभई पर्यटन क्षेत्रको विश्वभर प्रवर्द्धनमा गरिरहेको बताएका छन् । एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ को उद्घाटनका क्रममा मन्त्री उनले यस्तो बताएका हुन् ।

उनले जारी एनपीएल क्रिकेट लिगले पछिल्लो समय आमदर्शकले माग गरिरहेको अवसर समेटेको बताएका छन् । मन्त्री पोखरेलले लामो समयदेखि खेललाई प्रतिस्पर्धाका रूपमा मात्रै हेर्दै आए पनि यस्ता प्रतियोगिताले खेल इकोसिस्टमलाई समेत सहयोग गरिरहेको बताए । उनले भने, ‘खेल क्षेत्र बलियो बन्न व्यापार र लगानीका हिसाबले पनि यस्ता प्रतियोगिताको भूमिका महत्त्वपूर्ण हुने गर्छ । यस्ता कार्यक्रमले खेलसम्बन्धी हाम्रा धारणा परिवर्तन गर्न भूमिका मात्रै नखेल्ने नयाँ–नयाँ अवधारणाको सुरुआत पनि गर्छ ।’

एनपीएलले यस्ता अवधारणा स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाएको उनले बताए । तीन वर्षदेखि एनपीएल नेपालमा मात्रै नभएर विश्वमै उदाहरणका रूपमा स्थापित भइरहेको उनको भनाइ छ । उनले भने, ‘विश्व क्रिकेट समुदाय र समग्र खेल समुदाय नै नेपाली क्रिकेटबारेमा चर्चा गरिरहेको पाएको छु । यसले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको स्पष्ट पार्छ । अब यो क्रिकेटमा मात्रै सीमित हुन भएन । अन्य खेलहरूलाई पनि क्रिकेटमा जस्तै गरी हामीले साथ र सहयोग गर्न आवश्यक छ ।’

उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिए । उनले भने, ‘तपाईंहरूको उपस्थितिले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुगेको छ । सम्पूर्ण नेपालीका तर्फबाट र सरकारका तर्फबाट धन्यवाद छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
25m ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल
Compare →
Onlinekhabar
50m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Nagarik News
12h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Bizshala
16h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →

Related Stories

Sports
Build #2612