Trending
Prev Story
Next Story

बाठो र मानवमैत्री चरा काग

Hamro Patro News •
November 07, 2026 • 12:09 AM
3
3 reads 0 reactions

पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएका थिए । बाठो कागले कस्तो हुँदो रहेछ अमृत भनेर चोरेर...

1 / 2
Swipe Photos

पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएका थिए । बाठो कागले कस्तो हुँदो रहेछ अमृत भनेर चोरेर खायो अनि चुचोमा अमृत लागेको कसैले देख्ला भनेर दुबोमा पुछेको किंवदन्ती छ । अमरत्व र बाठोपनलाई स्वीकार गर्दै कालान्तरदेखि कागतिहारमा यसको पूजा गर्ने चलन बसेको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । पन्छीहरूमध्ये बाठो र मानवमैत्री चरा काग मानिन्छ । उहाँले भन्नुभयो, “कागमा मानिसमा जस्तै सिक्न सक्ने, स्मरण गर्ने, परिस्थितिलाई प्रभावित पार्न सक्ने क्षमता हुन्छ, पछिका लागि खानु पर्छ भन्ने बुद्धि भएकैले कागले खाना लुकाउने गर्छ ।”

मरेका जीवजन्तु खान रुचाउने कागको जीवन निकै सङ्घर्षशील रहेको वरिष्ठ चराविद् टीकाराम गिरी सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “काग कति बाठो हुन्छ भने मरेका किरा काठको छेस्काले निकालेर खान्छ, भाँडाका पानीमा ढुङ्गा खसालेर पानी माथि ल्याएर प्यास मेट्छ ।” त्यति मात्र होइन, खानेकुरा कसरी चोर्नु पर्छ भन्ने गहन अध्ययन गर्ने क्षमता कागको हुन्छ । कसैले खानेकुरा बोकेर हिँडेको छ भने त्यसको पछि लागिरहन्छ । मौका मिल्नासाथ खोसेर उड्छ । घर वरपर रहेका कुखुराका चल्ला ठुँगेर मारेपछि च्यापेर उड्छ । यसले चिल र बाजले जस्तो जिउँदै खाँदैन । ठुला रुखमा गुँड बनाउने घर कागहरू आफ्नो समूहको सुरक्षामा निकै चनाखो हुन्छन् । गिरीले थप्नुभयो, “समूहको एउटा कागलाई केही भयो भने हुल बाँधेर दुःख दिनेलाई लघारेरै छाड्छन् ।”

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
6d ago
पूजाआजा र मीठा परिकार खुवाएर मनाइयो काग तिहार

पूजाआजा र मीठा परिकार खुवाएर मनाइयो काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका अवसरमा शनिबार यमराजको दूतका रूपमा कागलाई पूजा गरी मीठामीठा परिकार खान दिएर काग तिहार मनाइएको छ।

#काग
Compare →
Ekantipur
1w ago
दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् ।

#काग
Compare →
Arthasansar
1w ago
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म...

#काग
Compare →
Onlinekhabar
1w ago
तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ?

तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ?

हिन्दू धर्मावलम्बीले हर्षोल्लासपूक मनाउने तिहार पर्वको आफ्नै विशेषता छ । तिहार उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिन्छ । तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तीहररूको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरू, देउसीभैलो …

#काग
Compare →
Setopati
1w ago
आज काग तिहार

आज काग तिहार

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चिजबीज खान दिएर मनाइँदैछ।

#काग
Compare →

Related Stories

Technology
Build #2612