Trending
Prev Story
Next Story

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

Ekantipur •
November 06, 2026 • 03:31 PM
3
3 reads 0 reactions

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

बाजुरा — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको आठौं जिल्ला अधिवेशनबाट धनराज पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार पार्टीका शीर्ष नेताहरूले सहमतिबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि पाँच दिनमा जिल्ला कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

शुक्रबार चयन भएको कार्यसमितिको उपसभापतिमा रामबहादुर बोहरा र गोरखबहादुर रौले, सचिवमा कुम्भनाथ योगी र मोहनसिंह कार्की तथा सहसचिवमा भीमबहादुर विष्ट र रमेश भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

पूर्वसुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी नेतृत्वको तीन सदस्यीय टोलीले सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (२) को सभापतिमा मीनबहादुर धामी सर्वसम्मत चयन भएका छन् । जिल्ला र प्रदेश अधिवेशन एकैसाथ सञ्चालन भएको हो । उपसभापतिमा लालबहादुर हमाल र सुरतबहादुर साउद, सचिवमा पदमबहादुर अयडी र कलमबहादुर गुयाल तथा सहसचिवमा प्रकाश रावत र रामबहादुर बुढा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जोशीले बताए ।

दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेस बाजुराको अधिवेशन कात्तिक १५ गते उद्घाटन गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिक महाधिवेशनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अघि बढाएको छ । यसैक्रममा देउवा समूह...

#अधिवेशन #देउवा #सभापतिमा
Compare →
Onlinekhabar
8m ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Nagarik News
15h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612