Trending
Prev Story
Next Story

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

Nagarik News •
November 06, 2026 • 08:32 AM
2
2 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले चितवनबाट सुरु भएको राजनीतिक अभियानले आज देशकै ठूलो पार्टी बन्ने सफलता प्राप्त गरेको उल्लेख गरे। चितवनले आफूलाई हरेक कठिन परिस्थितिमा साथ दिएको भन्दै उनले जिल्लावासीप्रति आभार व्यक्त गरे।

उनले भने, ‘कसलाई थाहा थियो र चितवनबाट सुरु भएको यो क्रान्तिले आज यति ठूलो मत प्राप्त गर्नेछ र रास्वपा यो देशको सबैभन्दा ठूलो पार्टी बन्नेछ भन्ने कुरा ? चितवनलाई थाहा थियो। त्यसैले त चितवनले हरमुस्किलको सामना गर्न मलाई सधैँ सम्झायो।’

लामिछानेले आफू राजनीतिमा प्रवेश गरेर चितवनबाट चुनाव लड्ने निर्णय गर्दा जिल्लाका धेरै नागरिक आफ्नै राजनीतिक दलमा आबद्ध रहेको स्मरण गरे। पुराना राजनीतिक दलको इतिहास, विरासत, त्याग र बलिदान हुँदाहुँदै पनि आफू र रास्वपामाथि विश्वास गरेर धेरैले पुरानो दल छाडेको उनले बताए।

‘तपाईंहरूको आफ्नै दल थियो, त्यसको राजनीतिक इतिहास थियो। त्यससँग सम्बन्धित नेताहरूको राजनीतिक विरासत, त्याग, बलिदान र राजनीतिक समर्पण थियो। ती सबै हुँदाहुँदै पनि मलाई र हामीलाई विश्वास गरेर आफ्नो भइरहेको घर छाडेर रास्वपामा आउनुभयो,’ उनले भने।

पुराना दलमा स्थापित भएका नेताकार्यकर्तादेखि राजनीतिमा पहिलोपटक प्रवेश गरेका नागरिकसम्मले रास्वपालाई आफ्नो राजनीतिक दल बनाएको भन्दै उनले सबैलाई धन्यवाद दिए।

लामिछानेले चितवनमा आफूले घुमाउरो र अपूर्ण कुरा नगर्ने पनि बताए। सत्य र तथ्यलाई निडर भएर प्रस्तुत गर्ने राजनीतिक संस्कारकै कारण रास्वपाले अहिलेको उचाइ हासिल गरेको उनको भनाइ थियो।

‘चितवनबाट मैले भन्नुपर्ने कुराहरू मुख चपाएर, जिब्रो चपाएर उल्टोको सुल्टो र सुल्टोको उल्टो भने त्यो सही हुँदैन। यहाँ सही र सत्य बोलेर, निडर र निर्भीक भएर जस्ताको तस्तै बताएर नै पार्टीले यो उचाइ हासिल गरेको हो,’ उनले भने।

प्रकाशित: २० कार्तिक २०८३ १४:१७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूची

छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूची

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँग छठ पर्व मनाउन आज (शनिबार) जनकपुरधाम जाने भएका छन्। रास्वपाका अनुसार जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मि...

#रवि-लामिछाने #रास्वपा #रवि
Compare →
Onlinekhabar
48m ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Ekantipur
16m ago
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

#विश्वास
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →

Related Stories

Politics & Governance
Build #2612