Trending
Prev Story
Next Story

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

Onlinekhabar •
November 06, 2026 • 09:00 AM
3
3 reads 0 reactions

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् । शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ …

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् ।

शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आइपुगेका हुन् । निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसन अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार निकले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता तेस्रो विश्वका मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर मन्तव्य दिनेछन् ।

विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता र नेपालमा एआईको रणनीतिक सम्भावना तथा  चुनौतीजस्ता विषय उनको मन्तव्यमा समेटिनेछन् ।

निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षा सम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन् ।

उनले दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा डिजिटल अर्थतन्त्र र प्रविधि सम्बन्धी नीति निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् ।  यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेसेस अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ ।

‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’, (प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार)  शीर्षकसहित हुन लागेको एक दिवसीय सम्मेलनमा  नेपाल सहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारर्मी सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

#एआई
Compare →
Nagarik News
23h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#साइबर
Compare →

Related Stories

Technology
Build #2612