Trending
Prev Story
Next Story

लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन

Ekantipur •
November 06, 2026 • 07:31 AM
2
2 reads 0 reactions

ताल गहिरो नभएको र पानी निरन्तर बगिरहेकाले तत्काल खतरा नदेखिए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन

ताल गहिरो नभएको र पानी निरन्तर बगिरहेकाले तत्काल खतरा नदेखिए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

गोरखा — चुमनुब्री–१ साम्दोस्थित लार्के बजारनजिकै धिन्दुर खोलामा सुक्खा पहिरो खस्दा ताल बनेको छ । बिहीबार राति पहिरो खसेको हुन सक्ने स्थानीयको अनुमान छ । ताल बने पनि पानी बगिरहेको सामागाउँका मिङ्मार लामाले बताए । ‘अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन, जोखिमजस्तो देखिँदैन, पानी बगिरहेको छ,’ उनले भने, ‘पहिरो खसेपछि ताल भने बनेको छ । यो साम्दोभन्दा केही माथि लार्केपासतिरबाट आएको खोला हो ।’

तालबाट पानी बगिरहेकाले तत्काल जोखिम नरहे पनि सचेत रहन आग्रह गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का सूचना अधिकारी भुवन ओझाले बताए । ‘स्थानीयवासी ताल बनेको ठाउँमा पुगेर हेरेर आएका रहेछन् । पानी बन्द नै भएको होइन, बगिरहेको छ,’ उनले भने, ‘ताल एकैचोटि फुटेर आएको भए जोखिम हुन सक्थ्यो । पानी बगिरहेकाले तत्काल जोखिम देखिँदैन । सचेत भएर बस्न भने आग्रह गरेका छौं ।’

ताल गहिरो नभएको स्थानीयले बताएका छन् । पहिरोले खोला थुनिएपछि करिब पाँच सय मिटर क्षेत्रफलमा ताल बनेको स्थानीयको दाबी छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #सुक्खा
Compare →
Hamro Patro News
2d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै र...

#पहिरो #खस्दा
Compare →
Nagarik News
57m ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो
Compare →
Bizshala
21h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →

Related Stories

Business & Economy
Build #2612