Trending
Prev Story
Next Story

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

Onlinekhabar •
November 06, 2026 • 07:30 AM
2
2 reads 0 reactions

२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो …

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारेका छन्।

द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे। यसअघि ब्लुमबर्ग न्युजले उनले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहनुभएका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन्। तर उनले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताए।

अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भनेका छन्। रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि ‍आधारहीन भएको बताए।

मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी भएका थिए। उनले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गरेका थिए। रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताएका थिए। भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को साता चीनमा भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसले तीन नेताबीच त्रिपक्षीय भेटवा...

#ट्रम्प #राष्ट्रपति
Compare →
Nagarik News
2h ago
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प #राष्ट्रपति
Compare →
Ekantipur
4d ago
एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

#ट्रम्प #राष्ट्रपति
Compare →

Related Stories

Politics & Governance
Build #2612