Trending
Prev Story
Next Story

राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ?

Nagarik News •
November 06, 2026 • 06:02 AM
2
2 reads 0 reactions

सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ।

राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ?

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सन् २०२८ को राष्ट्रपति चुनावमा होमिन डोनाल्ड ट्रम्पको प्रशासन छोड्न सक्ने दाबी गरिएको छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै रुबियोले आफ्नो भविष्यबारे विकल्पहरू विचार गरिरहेको रिपोर्ट गरेका छन्।

बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्ट ले रिपब्लिकन पार्टीको मध्यावधि चुनावमा खराब नतिजापछि रुबियोले ट्रम्प प्रशासन छोड्न सक्ने जनाएको छ। रिपोर्टमा उनी सन् २०२८ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावनालाई ध्यानमा राखेर प्रशासनबाट बाहिरिन सक्ने दाबी गरिएको हो।

ब्लूमबर्ग ले पनि रुबियोले ह्वाइट हाउसका अधिकारीसँग पद छोड्ने सम्भावनाबारे कुरा गरेको दाबी गरेको छ। केही स्रोतका अनुसार उनलाई प्रशासनमै रहन प्रोत्साहित गरिएको थियो। तर रुबियोको कार्यालयले यो दाबीलाई अस्वीकार गरेको छ।

यसबिच, रुबियोले न्यूयोर्क टाइम्स सँगको अन्तर्वार्तामा आफू ट्रम्पको कार्यकालको अन्त्यसम्म प्रशासनमा काम गर्ने योजना रहेको बताएका छन्। उनले सन् २०२८ को राष्ट्रपति चुनावबारे अहिले थप टिप्पणी नगर्ने पनि बताएका छन्।

ह्वाइट हाउस र विदेश विभागले पनि रुबियोले राजीनामा दिने तयारी गरिरहेको रिपोर्ट खारेज गरेका छन्। विदेश विभागका प्रवक्ताले रिपोर्टलाई अज्ञात स्रोतमा आधारित ‘पूर्ण रूपमा नक्कली समाचार’ भनेका छन्। रुबियोले पद छोड्नेबारे कुनै छलफल नगरेको पनि उनको भनाइ छ।

रुबियो अहिले अमेरिकाको विदेशमन्त्रीसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पनि छन्। ट्रम्प प्रशासनमा उनको प्रभावशाली भूमिका रहेकाले उनको सम्भावित बहिर्गमनबारेको चर्चा विशेष चासोका साथ हेरिएको छ।

सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ। उपराष्ट्रपति जेडी भान्ससँगै रुबियोलाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको छ। तर रुबियोले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन्।

रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा ठुलो धक्का बेहोरेपछि ट्रम्प प्रशासनका केही वरिष्ठ अधिकारीको भविष्यबारे पनि अनुमान बढेको छ। केही स्रोतलाई उद्धृत गर्दै प्रशासनभित्र थप परिवर्तन हुन सक्ने जनाइएको छ।

यसबिच, रक्षामन्त्री पिट हेगसेथको भविष्यबारे पनि चर्चा भइरहेको छ। केही रिपब्लिकन नेताले इरान युद्ध र त्यसपछिको चुनावी नतिजापछि उनको भूमिकामाथि प्रश्न उठाएका छन्। तर ट्रम्पले भने उनलाई आफ्नो मन्त्रिपरिषदमा राख्ने मनसाय रहेको बताएका छन्।

प्रकाशित: २० कार्तिक २०८३ ११:४७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को साता चीनमा भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसले तीन नेताबीच त्रिपक्षीय भेटवा...

#राष्ट्रपति #ट्रम्प
Compare →
Onlinekhabar
1d ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प #राष्ट्रपति
Compare →
Ekantipur
19h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2612