Trending
Prev Story
Next Story

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

Ekantipur •
October 22, 2026 • 01:41 PM
3
3 reads 0 reactions

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

काठमाडौँ — नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुन‍सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

'आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ । तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,' उनले भने, 'अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।'

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन । 'अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौं । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ,' उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #भाग
Compare →
Hamro Patro News
3d ago
भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वा...

#वर्षा #भाग
Compare →
Nagarik News
6h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →
Bizshala
18h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Arthasansar
3d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#भाग #वर्षा
Compare →

Related Stories

Technology
Build #2612