Trending
Prev Story
Next Story

काठमान्डुसँग विराटनगर सस्तैमा अलआउट

Ekantipur •
November 05, 2026 • 01:02 PM
3
3 reads 0 reactions

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेल जित्न विराटनगर किंग्सबाट केवल ८४ रनको लक्ष्य पाएको छ ।

काठमान्डुसँग विराटनगर सस्तैमा अलआउट

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेल जित्न विराटनगर किंग्सबाट केवल ८४ रनको लक्ष्य पाएको छ ।

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेल जित्न केवल ८४ रनको लक्ष्य पाएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले केवल १८.३ ओभरमा ८३ रनमा अलआउट गर्यो ।

विराटनगरले ३५ रनमा ७ विकेट गुमाउदा टोलीमा एनपीएलकै न्युन स्कोर कटाउनु पर्ने चुनौती अगाडि रहेको थियो । जनकपुर बोल्ट्स पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै अलआउट भएको थियो ।

तर एन्जेले म्याथ्युज र रुपेश सिंहले आठौं विकेटमा ३९ रनको साझेदारी गरी विराटनगरलाई त्यो खतराबाट उकासेका थिए । म्याथ्युज २२ रन बनाई सन्तोष यादवको बलमा बोल्ड भए । उनले ३१ बल खेली १ चौका प्रहार गरे । रुपेशले सर्वाधिक २६ रन बनाए । २६ बल नै खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । रुपेशलाई पनि सन्तोषले एलबीडब्लु आउट गरे ।

ओपनर सेहन जयसुर्या ५ रन बनाई जहाॅन्दद खानको बलमा आउट भए । लोकेश बम ६ रनमै आउट भए । इमरान शेख खाता नखोली पेभेलियन फर्किए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका श्रीलंकाका अलराउन्डर सहन अराचिगेले लगातार बलमा बसिर अहमद र नारायण जोशीलाई आउट गरे । बसिरले १० रन बनाए भने नारायणले खाता खोल्न भ्याएनन् ।

'चाइना म्यान’ देव शाहले स्टार अलराउन्डर एन्ड्रे रसेललाई ३ रनमा आउट गरी विराटनगरलाई संकटमा पारेका थिए । त्यसपछि म्याथ्युज र रुपेशको जोडिले केहि समय काठमान्डुको बलिङको प्रतिरोध गरेका थिए । अन्तिम ब्याटर अपराजित पौडेललाई २ रनमा जहाॅन्ददले आउट गरे ।

काठमान्डुबाट देव्रेहाते स्पिनर सन्तोषले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सहनले २ ओभरमा ७ र जहाॅन्ददले ३.४ ओभरमा १४ रन खर्चेर २–२ विकेट लिए । शाहव आलमले ४ ओभरमा १३ रनमात्र खर्चेर १ विकेट लिए । कप्तान करण र देवले पनि १–१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Onlinekhabar
1h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
16h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Sports
Build #2612