Trending
Prev Story
Next Story

एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

Nagarik News •
November 05, 2026 • 09:45 AM
2
2 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हालाई नियन्त्रणमा लिएको हो।

सिन्हाको साथबाट बरामद गरिएका दुई थान मोबाइल जाँच गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ठूलो रकमको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

उनले ‘अलप्यानलएक्सच ९ डट गेम’ , ‘एपिविन २४७ डटकम, ‘बाजीमारो डट अनलाइन’ र ‘टिएनबुक २४७ डटकम’ नामक साइटहरू लगइन गरी नेपाली ८९ लाख ८१ हजार ७२९ बराबरको सट्टेबाजी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर) बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०८३ १५:३० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
51m ago
एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपालमा रहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले प्रतियोगितामा प्रयोग भइरहेका पिचप्रति असन्तुष्टि जनाएका छन्। जनकपुर बोल्ट्सबाट खेलि...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
5h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

World News
Build #2612