Trending
Prev Story
Next Story

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

Onlinekhabar •
November 05, 2026 • 10:30 AM
2
2 reads 0 reactions 4 comments

१९ कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । लुम्बिनीले दिएको १५० …

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

१९ कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीले यस सिजन खेलेको तीनवटै खेलमा जित हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । जनपकपुरलाई हराएपछि लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ र प्लेअफ पुग्ने होड बलियो बनाएको छ ।

पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ ।

जनकपुरका लागि आठौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । नवौँ नम्बरमा ब्याटिङ गरेका आदित्यले २३ बल खेल्दै ४ चौका मदतमा अविजित ३० रन बनाए । हर्मीत र आदित्यले ब्याटिङमा प्रयास गरेपनि जिताउन सकेनन् ।

६५ रनमै ५ विकेट गुमाएको अवस्थामा कप्तान हर्मीत सिंह र आदित्य महताले जनकपुरको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । तर १८औं ओभरको चौथो बलमा हर्मीत आउट भएपछि यो साझेदारी तोडियो ।

यस्तै बंगलादेशी खेलाडी सेफ हसनले २५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक २८ रन तथा ओपनर तृतराज दासले १८ बल खेल्दै १ चौका मदतमा १८ रन बनाए ।

परभेज हवसेन इमोन १, विशाल सुशिलङ ४, अनिल शाह १, जिमी निशम ९ रन बनाएर आउट भए भने अभिषेक तिवारीले खाता खोल्न सकेनन् ।

लुम्बिनीका लागि बलिङमा डार्शी सर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

आसिफ शेख र दिलिप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दिप जोरा ९ रन बनाएर आउट भए ।

१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिँदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।

जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
17h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
17h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर #कायम
Compare →
Ekantipur
16h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

World News
Build #2612