Trending
Prev Story
Next Story

नेपाल प्रिमियर लिगमा सट्टाबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ

Arthasansar •
November 05, 2026 • 09:35 AM
2
2 reads 0 reactions

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टाबाजी (बेटिङ)...

नेपाल प्रिमियर लिगमा सट्टाबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टाबाजी (बेटिङ) गराएको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर जिल्ला, टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार मान्छे हुन् (सोनु कुमार मान्छे/सिन्हा)।

एनपीएल क्रिकेट प्रतियोगिताका क्रममा केही व्यक्तिहरूले अनलाइनमार्फत बेटिङ गराउने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मान्छेको साथमा रहेका विद्युतीय उपकरण तथा मोबाइल फोन जाँच गर्दा उनले विभिन्न बेटिङ वेबसाइटहरू प्रयोग गरी करिब ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको सट्टाबाजी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

निजीले प्रयोग गरेका अनलाइन बेटिङ पोर्टलहरू:

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका मान्छेलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612