Trending
Prev Story
Next Story

अमेरिकी चुनावमा रिपब्लिकनको हारपछि भारत र टर्कीका कम्पनीमाथि प्रतिबन्ध

Arthasansar •
November 05, 2026 • 05:05 AM
3
3 reads 0 reactions

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेको केही समयपछि बुधबार अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका विभिन्न कम्पनी तथा...

अमेरिकी चुनावमा रिपब्लिकनको हारपछि भारत र टर्कीका कम्पनीमाथि प्रतिबन्ध

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेको केही समयपछि बुधबार अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका विभिन्न कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ।

अमेरिकी वित्त मन्त्रालयले इरानी शासनलाई सहयोग गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही जारी रहने स्पष्ट पारेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत यी प्रतिबन्ध लगाइएको हो। यस अभियानको मुख्य उद्देश्य इरानलाई तेल बिक्रीबाट आम्दानी गर्न रोक्नु हो।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिबन्धबारे जानकारी दिएका हुन्। उनले इरानी शासनलाई निरन्तर सहयोग गर्नेहरू स्थल, समुद्र वा हवाई मार्ग जुनसुकै माध्यमबाट संलग्न भए पनि कारबाहीको दायरामा आउने बताएका छन्।

मन्त्रालयका अनुसार भारतमा रहेका सुनील कुमार शर्मा र उनकी पत्नी जसप्रीत प्रीति शाहिदको आपराधिक सञ्जाललाई प्रतिबन्धको मुख्य निशाना बनाइएको छ। उक्त सञ्जालले इरानको प्रतिबन्धित तेल ओसारपसार गर्ने जहाजहरूको समूहलाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ।

त्यस्तै, प्रतिबन्धित व्यक्तिहरूको सूचीमा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंह पनि परेका छन्।

अमेरिकाले विभिन्न कम्पनी तथा संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ। प्रतिबन्धमा पर्नेमा एलेक्सार्या मिडिया एन्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, आर्यावर्त मेरिटाइम एन्ड एजुकेसनल ट्रस्ट, एलेक्सार्या फिनसर्भ प्राइभेट लिमिटेड, आर्यावर्त शिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड, इस्वातिनी मेरिटाइम अफेयर्स एन्ड इन्टरनेसनल शिप रजिस्ट्री प्राइभेट लिमिटेड (सिंगापुर), फ्युगो ग्राउन्ड सर्भिसेज इंक. (टर्की), ओस्यानिक टेक्नोलोजिज इन्डिया, पोलिनेसिया मेरिटाइम प्राइभेट लिमिटेड, प्रिसेप्ट ट्रेन्ड्स प्राइभेट लिमिटेड र विहारा बोटिङ प्राइभेट लिमिटेड (केरल) रहेका छन्।

अमेरिकी वित्त मन्त्रालयका अनुसार उक्त सञ्जालले प्रतिबन्धित जहाजहरूलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउने गरेको थियो। ती जहाजमार्फत इरानी पेट्रोलियम पदार्थ ओसारपसार हुँदै आएको मन्त्रालयको दाबी छ। यस कारोबारमा इरानी सेना तथा उसका सहयोगी संगठनका लागि काम गर्ने जहाजहरू पनि संलग्न रहेको अमेरिकाले जनाएको छ।

यसैबीच, मंगलबार सम्पन्न अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय बेहोरेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
42m ago
अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो

अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ। त्यस्तै, युरोको बि...

#अमेरिकी
Compare →
Ekantipur
10h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
12h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
12h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
12h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2612