Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

Ekantipur •
November 05, 2026 • 04:31 AM
2
2 reads 0 reactions

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

सिन्धुपाल्चोक — नेपाली कांग्रेसको देउवा समूहको सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

इतर समूहको सोमबार बाह्रबिसेमा सम्पन्न जिल्ला अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन्। अन्य जिल्ला, प्रदेशलगायतका सम्पूर्ण पदाधिकारीको बुधवार अन्तिम चयन गरिएको नव निर्वाचित सभापति बस्नेतले बताए । 'केही पदको बाँकी छ, अन्य लगभग बुधबार बेलुकासम्म सकाइकेका छौं,' उनले भने । उनी यसअघि कांग्रेसको क्षेत्रीय सभापतिसमेत थिए।

बस्नेतसहित अधिवेशनबाट उपसभापतिमा गोरखध्वज लामा र प्रदीप गुरुङ, सचिवमा नीराजन चौलागाईं र रामचन्द्र बुढाथोकी तथा सहसचिवमा रूपक पुरी चयन भएका छन्। कोषाध्यक्षमा सुजन पौडेल निर्विरोध चयन भएका छन्।

अधिवेशनले सदस्यहरूमा कुलबहादुर न्यौपाने, शेरबहादुर राय, श्यामसुन्दर पाख्रिन, विष्णुमाया तामाङ र अनिल तामाङलगायतलाई चयन गरेको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पो...

#कांग्रेस #देउवा #समूहको
Compare →
Onlinekhabar
12m ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

#कांग्रेस #चयन
Compare →
Nagarik News
14h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612