Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

Onlinekhabar •
November 05, 2026 • 12:00 AM
3
3 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा …

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।

उनले हिजो नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए ।

आज प्रधानमन्त्री बालेनसँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए ।

यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् । छिट्टै भनिएको मिति भारतीय विदेश सचिव विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुनसक्ने स्रोत बताउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

भारतले नेपाली प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को छिट्टै हुने भनिएको दिल्ली भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका समग्र पक्षमा छलफल हुने बताइरहेका बेला कूटनीतिक मामिलाका जानकारहरूले नेपालले आफ्ना त...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612