Trending
Prev Story
Next Story

विकास बैंकहरुको खुद नाफामा १२.२८ प्रतिशतले वृद्धि, कुन बैंकले कति कमाए नाफा ?

Arthasansar •
October 19, 2026 • 08:04 AM
3
3 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा नेपालका विकास बैंकहरूले राम्रो वित्तीय प्रगति हासिल गरेका छन् । नेपाल...

विकास बैंकहरुको खुद नाफामा १२.२८ प्रतिशतले वृद्धि, कुन बैंकले कति कमाए नाफा ?

चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा नेपालका विकास बैंकहरूले राम्रो वित्तीय प्रगति हासिल गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकले यी दुई महिनामा कुल १ अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा विकास बैंकहरूले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अर्थतन्त्रमा देखिएको सुस्तता र खराब कर्जाको दबाबका बाबजुद विकास बैंकहरूको समग्र नाफामा देखिएको यो वृद्धि सन्तोषजनक मानिएको छ । तथ्यांक अनुसार लामो समयदेखि पहिलो स्थानमा रहँदै आएको मुक्तिनाथ विकास बैंकलाई पछि पार्दै गरिमा विकास बैंक नाफा कमाउने बैंकको शीर्ष स्थानमा पुगेको छ । चालु आर्थिक वर्षको दुई महिनामा गरिमाको नाफा ४.८१ प्रतिशतले बढेर २८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । तर, मुक्तिनाथको नाफा भने ३०.५० प्रतिशतले घटेर २५ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ८४ लाख, कामना सेवा विकास बैंकले १९ करोड २६ लाख र ज्योति विकास बैंकले १८ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका छन् । महालक्ष्मी विकास बैंकको नाफामा सबैभन्दा धेरै ७० प्रतिशतको छलाङ आएको छ । यसको नाफा १८ करोड २७ लाख रुपैयाँ पुगेको छ । उता केही बैंकहरूको नाफा भने खस्किएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घटेर ९ करोड ७८ लाख रुपैयाँमा झरेको छ भने लुम्बिनी विकास बैंकको नाफा पनि ६८.४८ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । यसबाहेक, मितेरीले २ करोड २२ लाख, ग्रिनले १ करोड ६७ लाख, कर्पोरेटले ३० लाख र सप्तकोशी डेभलपमेन्ट बैंकले १८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

समग्रमा क्षेत्रको नाफा बढे पनि अझै पनि ५ वटा विकास बैंकहरूको अवस्था भने घाटामा वा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा सालपा विकास बैंक ६ लाख, नारायणी डेभलपमेन्ट बैंक ३१ लाख, सिन्धु विकास बैंक ७७ लाख, एक्सेल डेभलपमेन्ट बैंक ८६ लाख र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ५० लाख रुपैयाँ घाटामा रहेको तथ्याङ्कले देखाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
21h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास #नाफा
Compare →
Hamro Patro News
4h ago
किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका संघर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल कर्मचारी समाज इन्जिन...

#विकास
Compare →
Ekantipur
21h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
4d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#वृद्धि
Compare →

Related Stories

Business & Economy
Build #2612