Trending
Prev Story
Next Story

३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

Ekantipur •
November 04, 2026 • 11:01 AM
3
3 reads 0 reactions

राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।

३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।

काठमाडौं — सरकारी सेवामा कार्यरत निजामती कर्मचारीले राजीनामा दिने क्रम बढेको पाइएको छ । राष्ट्रिय किताबखानाका अनुसार साउनयता ४६४ जना कर्मचारीले राजीनामा दिएका छन् ।

विशिष्ट श्रेणी (सचिव सरह)का– ४, राजपत्राकिंत प्रथम श्रेणी(सह सचिव)–३३, राजपत्राकिंत द्वितिय श्रेणी(उपसचिव)–७२, राजपत्राकिंत तृतिय श्रेणी(शाखा अधिकृत)–९८ जनाले राजीनामा दिएका छन् । त्यस्तै, राजपत्रअनकिंत तहका १३७ र श्रेणीविहीन १२० जना कर्मचारीले राजीनामा दिएका छन् । किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठले पछिल्लो समय कर्मचारीले राजीनामा दिने ट्रेन्ड बढेको बताए । उनले अघिल्ला वर्षहरूको तुलनामा यसवर्षको प्रारम्भमै राजीनामा दिनेको संख्या बढी देखिएको छ । गत आर्थिक वर्षमा ७१८ जना कर्मचारीले राजीनामा दिएका थिए ।

त्यस्तै, आव २०८१/८२ मा राजीनामा दिनेको संख्या ६११ थियो । एक वर्षमा आउने राजीनामाको तुलनामा आर्थिक वर्षको पहिलो ३ महिनाको संख्या बढी पाइएको छ । कर्मचारीले राजीनामा किन दिए बारे किताबखानालाई जानकारी नहुने निर्देशक श्रेष्ठले बताए । राजीनामा स्वीकृत भएको जानकारी अद्यवाधिकका लागि मात्रै किताबखानामा आउने गरेको उनले बताए । राजीनामा दिएकाहरू अधिकांशले व्यक्तिगत कारण उल्लेख गरेका छन् ।

राजीनामा दिने क्रम असार महिनादेखि नै बढेको तथ्यांक छ । गत असार महिनामा मात्रै विभिन्न दर्जाका २२५ जना कर्मचारीले राजीनामा दिएका थिए । सरकारले ५५ वर्ष उमेर पूरा भएको वा नोकरी अवधि ३० वर्ष पूरा गरेकालाई अवकाशमा पठाउने प्रस्तावसहित संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको देखिन्छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा गत जेठमा तयार पारको थियो । १५ असोजमा संसद्‍मा दर्ता गराइएको विधेयकमा उक्त प्रावधानलाई यथावत राखिएको छ । नोकरी अवधि जति वर्ष भए पनि पेन्सनपट्टाका लागि ३० वर्षको अवधि मात्रै गनिने विधेयकमा प्रस्ताव छ ।

प्रस्तावित प्रावधानसहित नै कानुन आएमा अवकाश पछाडि पाइने पेन्सनको सुविधा घट्ने बुझेर राजीनामा दिने क्रम बढेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ३० वर्षभन्दा बढी सेवा अवधि पुगेका कर्मचारीको नयाँ कानुन आएपछि पेन्सन प्रयोजनका लागि ३० वर्षमाथिको नोकरी अवधि नाजोडिँदा पेन्सन सुविधा घट्ने सम्भावना छ । त्यही भएर विद्यमान कानुनी प्रबन्धको लाभ उठाउन राजीनामा बढेको ती अधिकारीले उल्लेख गरे ।

राजीनामा स्वेच्छिक विषय हो राजीनामा दिनले आफ्नो व्यक्तिगत कारण देखाए पनि निजामती विधेयकको प्रावधाननै प्रमुख कारण ती अधिकारीले उल्लेख गरे । राजीनामाबाहेक गत आर्थिक वर्षमा २ हजार २११ जना कर्मचारीले नियमित अवकाश पाएका थिए । चालु आर्थिक वर्षमा निजामती सेवातर्फका १ हजार ९८५ जना कर्मचारीले अवकाश पाउने भएका छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकस...

#निजामती #कर्मचारी
Compare →
Nagarik News
6d ago
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ।

#कर्मचारी
Compare →
Arthasansar
20h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#राजीना
Compare →

Related Stories

Politics & Governance
Build #2612