Trending
Prev Story
Next Story

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

Onlinekhabar •
November 04, 2026 • 10:30 AM
2
2 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् ।  ‘प्रधानमन्त्रीज्यू, आज …

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् ।  ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्र सम्भव हुँदैन । यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमा लिइने सही निर्णय आवश्यक हुन्छ ।’

पछिल्लो समय देशको समग्र अवस्थालाई हेर्दा विभिन्न क्षेत्रमा अन्योल, अस्थिरता र अनिश्चितताको अनुभूति गरिरहेको भन्दै उनले थपिन्, ‘आम नागरिकमा बढ्दै गएको चिन्ता र असुरक्षाको भावनालाई सामान्य रूपमा लिनु हुँदैन ।’ देशलाई थप अन्योल र जोखिमतर्फ जान नदिन समयमै सचेत हुनु आवश्यक रहेको भन्दै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा, शान्ति–सुशासन, रोजगारी, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयनमा हुनुपर्ने बताइन् ।

‘म सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु— कृपया वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिनुहोस्; राजनीतिक अभिव्यक्तिभन्दा कामलाई प्राथमिकतामा दिनुहोस्,’ उनले भनेकी छिन्, ‘निकायलाई जिम्मेवार बनाउनुहोस् र जनतामा विश्वास जगाउने ठोस कदम चाल्नुहोस्। सरकारलाई सचेत गराउनु विरोध होइन, देशप्रतिको जिम्मेवारी हो। आजको समय आरोप–प्रत्यारोपमा बिताउने होइन, सम्भावित संकटबाट देशलाई जोगाउने समय हो ।’

सबैको साझा चाहना एउटै भएको उल्लेख उनले थप भनिन्, ‘देशमा शान्ति होस्, जनता सुरक्षित रहुन् र राष्ट्र सही दिशामा अगाडि बढोस् । हामी सबैको साझा चाहना एउटै हो— देशमा शान्ति होस् र हामीले परिकल्पना गरेका आवाजहरू अगाडि बढुन् । देश र जनताको हितलाई सर्वोपरि राख्दै गम्भीरतापूर्वक अघि बढ्न प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, धन्यवाद ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#बालेन-शाह #सांसद
Compare →
Nagarik News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#बालेन-शाह #सांसद
Compare →
Ekantipur
13h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612