Trending
Prev Story
Next Story

जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श

Ekantipur •
November 04, 2026 • 10:01 AM
3
3 reads 0 reactions

गृह मन्त्रालयले मनोज केसीलाई बुधबारै आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ ।

जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श

गृह मन्त्रालयले मनोज केसीलाई बुधबारै आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ ।

काठमाडौं — कार्यकाल १७ महिना बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएपछि दानबहादुर कार्कीले कानुनी परामर्श थालेका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको छ । त्यसपछि कार्कीले केही कानुन व्यवसायीसँग कुराकानी गरेका हुन् ।

सरकारले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयले केसीलाई बुधबारै आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिम्मेवारीबाट हटाइएका आईजीपी कार्की सरकारको निर्णय आउँदा हेडक्वार्टरमै थिए । ‘आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको सूचना आएलगत्तै केही हुन सक्छ भन्ने संकेत आइसकेको थियो,’ एक अधिकारीले भने, ‘नभन्दै त्यही भयो ।’

सरकारको निर्णयपछि कार्कीले केही कानुन व्यवसायीसँग आफैं सम्पर्क गरेका थिए । उनीहरूबीच सम्भावित कानुनी विकल्पबारे छलफल भएको ती अधिकारीले जानकारी दिए । परामर्शमा सहभागी सबैले कानुनी प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिएको उनले बताए । अधिवक्ता स्वागत नेपालले पनि कान्तिपुरसँग कुरा गर्दै आफूले आईजीपी कार्कीलाई फोन गरेको र सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिन भनेको जानकारी दिए ।

यसअघि २०५३ सालमा सरकारले बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तत्कालीन गृहमन्त्री वामदेव गौतमले गरेको उक्त निर्णयविरुद्ध खरेल सर्वोच्च अदालत पुगेका थिए । तर अदालतमा लामो समयसम्म मुद्दा अलपत्र परेको थियो ।

पछि वामदेव गौतम गृहमन्त्री रहेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार हटेर कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि खरेल आईजीपीमा पुनर्बहाली भएका थिए । गौतमले आईजीपी बनाएका ध्रुवबहादुर प्रधानलाई भने प्रधानमन्त्रीको सल्लाहकारमा सरुवा गरिएको थियो ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर...

#आईजीपी #कार्की
Compare →
Nagarik News
6d ago
युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

#कार्की
Compare →
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#कार्की
Compare →
Bizshala
16h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#आईजीपी #कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2612