Trending
Prev Story
Next Story

एनपीएलमा हालसम्म ११ अर्धशतक, ७ अर्धशतक नेपाली खेलाडीको नाममा

Ekantipur •
November 04, 2026 • 10:01 AM
3
3 reads 0 reactions

१३ खेल सकिँदा नेपाली खेलाडीले ७ अर्धशतक बनाएका छन् भने विराटनगरका लोकेश बम १८८ रनसहित शीर्ष स्थानमा छन् ।

एनपीएलमा हालसम्म ११ अर्धशतक, ७ अर्धशतक नेपाली खेलाडीको नाममा

१३ खेल सकिँदा नेपाली खेलाडीले ७ अर्धशतक बनाएका छन् भने विराटनगरका लोकेश बम १८८ रनसहित शीर्ष स्थानमा छन् ।

काठमाडौं — काठमाडौंको कीर्तिपुरमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले बनाउन सकेका छैनन् ।

११ अर्धशतकमा ७ अर्धशतक नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले २ अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै  इमरान शेख, आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, चितवन राइनोजका डेभिड मलानले अर्धशतक बनाएका छन् । जसमा आन्द्रे, मोइन, हसन, मलानबाहेक सबै नेपाली खेलाडी छन् ।

प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडी कै वर्चश्व

९ कात्तिकमा सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये १ खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा ८ नेपाली र ४ विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् ।

प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल, चितवनका कमलसिंह ऐरी, कर्णालीका कप्तान सोमपाल कामी, युनिशविक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहेका छन् ।

यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन, विराटनगरका आन्द्रे रसेल, लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहेका छन् । रसेल २ खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।

सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोरमा पनि नेपाली खेलाडी

हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको पहिलो नम्बरमा विराटनगरका लोकेश बम रहेका छन् । लोकेशले ४ खेलमा २ अर्धशतकसहित १८८ रन जोड्दै सर्वाधिक रन बनाउने सूचीको पहिलो नम्बरमा रहेका छन् ।

सर्वाधिक रन बनाउने दोस्रो नम्बरमा विराटनगरका विदेशी खेलाडी आन्द्रे रसेल रहेका छन् । रसेलले १ अर्धशतकको मद्दतमा १४१ रन बनाएका छन् । ११९ रन बनाएका कर्णालीका अरिफूल इस्लाम तेस्रो, ११२ रन बनाएका जनपुरका सैफ हसन चौथो र १०८ रन बनाएका जनकपुरकै मोइनल अली पाचौँ स्थानमा रहेका छन् । लोकेश प्रतियोगितामा उच्च व्यक्तिगत रन बनाउने खेलाडी समेत हुन् । उनले एउटै खेलमा बनाएको ८७ रन व्यक्तिगत उच्च रन हो ।

लोकेश सर्वाधिक छकका र चौका हिर्काउने खेलाडीको पहिलो नम्बरमा समेत छन् । उनले हालसम्म १६ छक्का र ११ चौका हानेका छन् । यो सूचीको दोस्रो नम्बरमा विराटनगरकै आन्द्रे रसेल छन् । उनले १४ छक्का र ८ चौका हिर्काएका छन् ।

सर्वाधिक विकेट लिनेमा विदेशी र क्याच गर्नेमा नेपाली

सर्वाधिक विकेट लिने खेलाडीमा भने विदेशी खेलाडी अगाडी रहेका छन् । जनकपुरका मोइन अली ७ विकेट लिँदै पहिलो स्थानमा छन् । समान ७/७ विकेट लिएका विराटनगरका एन्जेलो म्याथ्यूज र कर्णालीका कप्तान सोमपाल कामी क्रमश:  दोस्रो र तेस्रो स्थान छन् ।

समान ६/६ विकेट लिएका सुदूरपश्चिमका अनिल खरेल चौथो र जनकपुरका कप्तान हर्मित सिंह पाँचौं नम्बरमा रहेका छन् ।

सबैभन्दा बढी क्याच लिनेमा कर्णालीका गुल्सन झा रहेका छन् । उनले ५ क्याच लिएका छन् । यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका राहुल यादवले ४-४ क्याच लिएका छन् ।

सर्वाधिक रन बनाउने टिममा कर्णाली याक्स रहँदा कम बनाउने सुदूरपश्चिम रहेको छ । कर्णालीले एकै इनिङमा १८७ रनाएको उच्च स्कोर हो । सुदूरपश्चिमले बनाएको ७० रन न्यून स्कोर हो । वर्षाका कारण ५ ओभरमा घटाइएको विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले ७० रन थियो ।

उच्च साझेदारी लोकेश बम र इमरान शेखबीच

प्रतियोगितामा विराटनगरका लोकेश बम र इमरान शेखबीच भएको १०७ रनको साझेदारी नै उच्च हो । जनकपुरकाविरुद्ध लोकेश र इमरानले यो उच्च साझेदारी गरेका हुन् ।

अंकतालिकामा लुम्बिनी पहिलो पोखरा पुछारमा

कीर्तिपुर मैदानमा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । सहभागीमध्ये हालसम्म लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छन् । समान ४/४ अंक भएका विराटनगर, कर्णाली, जनकपुर, सुदूरपश्चिम क्रमश: दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा रहेका छन् । अंकतालिकाको छैटौं स्थानमा भने चितवन, सातौं स्थानमा काठमाडौं र पुछारमा पोखरा रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता ५ मंसिरमा समापन हुनेछ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर
Compare →
Onlinekhabar
7h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Nagarik News
18h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612