Trending
Prev Story
Next Story

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

Arthasansar •
September 29, 2026 • 01:38 PM
3
3 reads 0 reactions

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा...

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका अनुसार १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ । आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् । यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ नेपाली आम्दानी गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
48m ago
हिमालको ज्वरो

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको सोह्र सिङ्गार पखालियो। कुरा यत्ति हो तर यत्ति नठान्नु ! ज्वरो आउनु सङ्केत मात्र हो यो त लक्षण हुन सक्छ कुनै महारोगको कुनै …

#हिमाल
Compare →
Hamro Patro News
5h ago
फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

राजनीतिक मतभेद र अधिकार क्षेत्रको विवादमा सरसफाइ सेवा अवरुद्ध गर्नु संविधानविपरीत कार्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर सङ्कलन नगर्ने काठ...

#सङ्कलन
Compare →
Nagarik News
1d ago
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#हिमाल
Compare →

Related Stories

Business & Economy
Build #2612