Trending
Prev Story
Next Story

इरानमाथि आर्थिक दबाब र सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी

Arthasansar •
October 22, 2026 • 07:39 AM
3
3 reads 0 reactions

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला दुवै देशका उच्च अधिकारीहरूले आफ्नो अडान थप कडा बनाएका छन् । अमेरिकी विदेशमन्त्री मार्को...

इरानमाथि आर्थिक दबाब र सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला दुवै देशका उच्च अधिकारीहरूले आफ्नो अडान थप कडा बनाएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग शान्ति सम्झौता गर्न अत्यन्त कठिन रहेको बताएका हुन् ।

उनले तेहरानले होर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न बन्द नगरेसम्म इरानमाथि आर्थिक दबाब जारी रहने स्पष्ट पारेका छन् । रुबियोका अनुसार इरानसँग शान्ति सम्झौतामा पुग्न सहज देखिएको छैन । व्यावसायिक जल यातायातलाई सुरक्षित बनाउनु अमेरिकाको प्रमुख चासो रहेको उनको भनाइ छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले तेहरानका सर्तहरू स्वीकार नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएका हुन्।

उनले पाकिस्तान र कतारको मध्यस्थतामा दुवै देशबीच अप्रत्यक्ष वार्ता जारी रहेको पनि जानकारी दिए । हर्मुज जलमार्ग विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । विशेष गरी खाडी क्षेत्रबाट विश्व बजारमा कच्चा तेल तथा अन्य ऊर्जा सामग्री आपूर्ति गर्न यो मार्गको महत्त्वपूर्ण भूमिका छ । यो अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र विश्व व्यापारमा असर पार्न सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
एनभिडिया सीईओको विवादले अमेरिकामा चीनप्रति कडा नीति अपनाउन दबाब

एनभिडिया सीईओको विवादले अमेरिकामा चीनप्रति कडा नीति अपनाउन दबाब

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलाबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकामा चीनप्रति कडा नीति ...

#अमेरिका #दबाब
Compare →
Nagarik News
2h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिका
Compare →
Ekantipur
2h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612