Trending
Prev Story
Next Story

घाटा सुधार गरेर नाफामा खानीखोला हाइड्रोपावर, इपीएस कति ?

Arthasansar •
November 04, 2026 • 07:04 AM
2
2 reads 0 reactions

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण...

घाटा सुधार गरेर नाफामा खानीखोला हाइड्रोपावर, इपीएस कति ?

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड नाफा कमाएको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानीमा भएको भारी वृद्धि र सञ्चालन दक्षतामा आएको सुधारले कम्पनीलाई सकारात्मक दिशामा फर्काउन मुख्य भूमिका खेलेको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले बढेर ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको असोज मसान्तमा १ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो । हाल कम्पनीका दुवै आयोजनाहरूबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले आम्दानीमा यो उत्साहजनक उछाल आएको हो ।  आम्दानी वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा १ करोड १५ लाख रुपैयाँबाट बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसै अवधिमा कम्पनीको बैंक ब्याज खर्च १ करोड ९३ लाख रुपैयाँबाट घटेर ९१ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ ।

वित्तीय सुदृढतासँगै कम्पनीको सञ्चित नोक्सानीमा पनि उल्लेख्य कमी आएको छ । गत वर्ष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष यस वर्षको असोज मसान्तसम्ममा घटेर ८ करोड ५८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा झरेको छ । कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण घटेर ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएका छन् । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको ऋणात्मक अवस्थाबाट सुध्रिएर १५ रुपैयाँ ७१ पैसा धनात्मक बनेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...

#नाफा #घाटा
Compare →
Ekantipur
18h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Hamro Patro News
22h ago
‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स...

#घाटा
Compare →

Related Stories

Business & Economy
Build #2612