Trending
Prev Story
Next Story

एनपीएल: एनपीएललाई चर्चित दक्षिण अफ्रिकाका ब्याटर मिलर आइपुगे

Ekantipur •
November 04, 2026 • 07:01 AM
2
2 reads 0 reactions

विश्वका चर्चित फ्रेन्चाइज लिगमा प्रभाव जमाएका दक्षिण अफ्रिकी बायाँहाते ब्याटरले एनपीएलका कर्णाली याक्सबाट खेल्नेछन् ।

एनपीएल: एनपीएललाई चर्चित दक्षिण अफ्रिकाका ब्याटर मिलर आइपुगे

विश्वका चर्चित फ्रेन्चाइज लिगमा प्रभाव जमाएका दक्षिण अफ्रिकी बायाँहाते ब्याटरले एनपीएलका कर्णाली याक्सबाट खेल्नेछन् ।

काठमाडौँ — कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  भएका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बायाँहाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो उपस्थिति बनाएका छन् । भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको विगबास, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् । उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरातले उपाधि जित्दा मुलर मुख्य खेलाडी थिए ।

कर्णाली याक्स स्पोट्स् प्रालिमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्धनमा योगदान पुग्ने बताए ।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी-२०  आईमा २ हजार ८०४ रन बनाएका छन् ।  दुई शतक र ९ अर्धशतक प्रहार गरेका छन् । उनको आफ्नो करियरको दुई टी-२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

यता, पाँच सय ८४ टी-२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । आईपीएलमा पञ्जावबाट रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।

एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । त्यसमा दुई खेल जितेको छ । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । अब कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्यसँग खेल्दै छ । याे खेलमा डेविड मिलर सहभागी हुने कर्णालीले जनाएकाे छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ। कीर्तिपुरमा शुक्रबार भएको खेलमा झिनो लक्ष्य पछ्याए पनि चित...

#एनपीएल #ब्याटर
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Nagarik News
3h ago
जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ।

#दक्षिण
Compare →

Related Stories

Sports
Build #2612