Trending
Prev Story
Next Story

सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य

Ekantipur •
November 04, 2026 • 06:32 AM
2
2 reads 0 reactions

बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य

बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

बर्दिया — सरकारले धान खरिदमा ढिलाइ गर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका छन् । बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य तोके पनि किसानले मोटो धान प्रतिक्विन्टल २ हजार ८ सय र मध्यम धान ३ हजार २ सय रुपैयाँमा बेच्न बाध्य छन् । सरकारले तोकेको धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् ।

मल, जल अभावका बीच मेहनत र परिश्रम गरी उत्पादन गरेको धानको उचित मूल्य नपाएर सस्तोमा बिक्री गरेको गुलरिया नगरपालिका–९ का जवाहिर यादवले बताए । ‘प्रतिक्विन्टल २ हजार ८ सयका दरले धान बिक्री गरेका छौं,’ उनले भने, ‘धान लगाउने बेलामा लिएको ऋण तिर्न र चाडपर्व नजिकिएकाले सस्तोमा धान बेच्न बाध्य भएँ ।’

आफूहरूजस्ता सामान्य किसानले कहिल्यै पनि सरकारले तोकेको धानको समर्थन मूल्य नपाएको गुलरिया नगरपालिका–१० का रमेश लोधले बताए । ‘सरकारले निश्चित कोटा तोक्छ, गत वर्ष पनि हामीजस्ता गाउँका किसानले खबर नपाउँदै टाठाबाठाले बेचेर तोकिएको कोटा पूरा भएको थियो,’ उनले भने, ‘अनि हामीजस्ता सामान्य किसानले निजी व्यापारीलाई सस्तोमा धान नबेचेर के गर्ने ?’

कृषि कर्ममा लागेका वास्तविक किसानले चौतर्फी समस्या झेल्नुपरिरहेको गुलरिया नगरपालिका–८ का वीरेन्द्र बनियाले बताए । ‘धान लगाउने बेला वर्षात् नहुँदा महँगोमा इन्धन खरिद गरी सिँचाइ गरेर धान रोपाइँ गर्नुपर्छ,’ उनले भने, ‘यस्तै मल नपाएर भारतबाट महँगोमा ल्याएर हाल्नुपर्छ । धान तयार भई भित्र्याउने बेला पानीले भिजायो । पानीबाट बल्लतल्ल बचाउन सकेको धान सस्तोमा बेच्न बाध्य भएका छौं ।’

बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले बताइन् । ‘गत आर्थिक वर्षमा जिल्लामा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो,’ उनले भनिन्, ‘यस वर्ष हालसम्म स्थानीय तहहरूबाट धान उत्पादनको तथ्यांक आइसकेको छैन ।’

गत वर्ष जिल्लामा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन हुँदा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले ३० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । अन्य किसानले समर्थन मूल्य नपाएर निजी व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जिल्लामा बढी उत्पादन हुने भएकाले धान खरिदको कोटा बढाउनुपर्ने किसानले माग गरेका थिए । तर, चालु आर्थिक वर्षमा गत वर्षकै धान खरिदको कोटा दोहोरिँदा किसान निराश बनेका छन् ।

चालु आर्थिक वर्षमा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले बताए । ‘मोटो २५ हजार क्विन्टल र मध्यम ५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर जिल्लास्थित आठवटै पालिकाबाट ३/३ हजार क्विन्टलका दरले धान खरिद गर्ने कोटा बाँडफाँट भइसकेको छ ।’ आगामी मंसिरको पहिलो सातादेखि मात्र धान खरिद सुरु हुने प्रमुख पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँका दरले व्यवस्थापन खर्चका लागि अनुदान उपलब्ध गराउने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाका सूचना अधिकारी युवराज विकले बताए । ‘१० हजार क्विन्टल खरिदका लागि हामीसँग बजेट छ,’ उनले भने, ‘अस्ति बसेको बैठकमा जिल्लाका आठवटा सहकारीले १३ हजार ८ सय क्विन्टल धान खरिद गर्ने मौखिक जानकारी गराए पनि अझैसम्म सम्झौता गरेका छैनन् ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #किसान #खरिद
Compare →
Hamro Patro News
1h ago
बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेमा सहकारीद्वारा धान खरिद

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

#धान #खरिद
Compare →
Bizshala
16h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#खरिद
Compare →
Nagarik News
17h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612