Trending
Prev Story
Next Story

व्यस्तताका कारण भारतीय क्रिकेटर भरतले एनपीएल नखेल्ने

Ekantipur •
November 04, 2026 • 06:32 AM
2
2 reads 0 reactions

काठमान्डु गोर्खाजले अन्य व्यावसायिक प्रतिबद्धताका कारण भारतीय क्रिकेटर भरत यस सिजन टोलीमा सहभागी नहुने जनाएको छ।

व्यस्तताका कारण भारतीय क्रिकेटर भरतले एनपीएल नखेल्ने

काठमान्डु गोर्खाजले अन्य व्यावसायिक प्रतिबद्धताका कारण भारतीय क्रिकेटर भरत यस सिजन टोलीमा सहभागी नहुने जनाएको छ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने घोषणा गरिएका भारतीय क्रिकेटर केएस भरतले प्रतियोगिता नखेल्ने भएका छन् ।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतले अन्य व्यावसायिक प्रतिबद्धताका कारण यस सिजन टोलीमा सहभागी हुन नसक्ने जानकारी दिएको हो ।

यसअघि काठमान्डुले भरतलाई आफ्नो टोलीको सदस्यका रूपमा सार्वजनिक गरेको थियो । तर, व्यस्तताका कारण उनले यस सिजन एनपीएल गुमाउने भएका हुन् ।

भरतले सात वटा टेस्ट खेल खेलेका छन् । उनले भारतीय घरेलु क्रिकेटमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलिसकेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले ६ हजारभन्दा बढी रन बनाएका छन् । उनले यसै वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट स‌ंन्यास लिएका थिए ।

गोर्खाजले भरतको आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरेको छ । लिगको आफ्नो दोस्रो खेल मात्रै खेलेको गोर्खाज एक जित र एक हारका साथमा २ अंक जोडेर सातौ स्थानमा छ । लिगमा यस सिजन थोरै खेल खेल्ने गोर्खाज मात्रै हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #काठमान्डु
Compare →
Arthasansar
17h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #काठमान्डु
Compare →
Onlinekhabar
17h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #काठमान्डु
Compare →
Nagarik News
13h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612