Trending
Prev Story
Next Story

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

Onlinekhabar •
November 04, 2026 • 05:01 AM
2
2 reads 0 reactions

१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् । गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले …

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् ।

गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले टावर मर्मत गरिए पनि ५ दिनपछि फेरि समस्या आउँदा चार स्थानीय तहका टेलिकमका सेवाग्राहीहरू मर्कामा परेका हुन् ।

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ।

चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले नेपाल टेलिकमको नेटवर्कमा पटक-पटक समस्या आउँदा नागरिकमा गुनासो बढेको बताइन् ।

यसैगरी सर्केगाड गाउँपालिका-१ जैर बेताल भन्ने स्थानमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सर्केगाड गाउँपालिकाका विभिन्न स्थानका स्थानीयवासीहरू सञ्चारविहीन बनेको वडा नम्बर १ का सचिव पाण्डब बुढाले गुनासो गरे ।

पटकपटक नेपाल टेलिकमको टावरमा समस्या आएपछि हुम्लाका तिन स्थानीय तह सञ्चार बिहिन बनेको बुढाले बताए ।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाका अनुसार मुगुको सोरुकोटमा रिले टावरमा समस्या भएको बताइन् ।

प्राविधिक टोली पुगेर मर्मतको काम भइरहेको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
हुम्लामा धमाधम पक्की भवन निर्माण हुँदै

हुम्लामा धमाधम पक्की भवन निर्माण हुँदै

हुम्ला – हिमाली जिल्ला हुम्लाको सदरमुकाम र गाउँपालिका केन्द्रहरूमा धमाधम पक्की (आरसीसी) भवन निर्माण हुने क्रम बढेको छ।

#हुम्ला
Compare →
Ekantipur
3d ago
मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

#मुगु
Compare →

Related Stories

National (Nepal)
Build #2612