Trending
Prev Story
Next Story

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

Onlinekhabar •
November 04, 2026 • 03:01 AM
2
2 reads 0 reactions

१८ कात्तिक, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् …

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

१८ कात्तिक, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्।

घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् ।

घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् ।

घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

घर पोत्ने माटो खन्न गएका उनीहरू एकैपटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
18h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#घाइते #नगरपालिका
Compare →
Hamro Patro News
1h ago
रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार ...

#घाइते
Compare →
Nagarik News
19h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2612