Trending
Prev Story
Next Story

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

Onlinekhabar •
November 04, 2026 • 03:01 AM
3
3 reads 0 reactions 4 comments

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्‍यो । ५८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । रोमाका खेलाडी पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दोहोर्‍याइएको पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए ।

८३औं मिनेटमा माथियस कुन्हाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि कुन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–२ को अग्रता बनायो ।

खेलको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए । तर १० खेलाडीमा सीमित युनाइटेडले बाँकी समय अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो ।

जितसँगै युनाइटेडले लगातार नौ खेलदेखिको जितविहीन यात्रा पनि अन्त्य गरेको छ । दुई गोलले पछि परेको अवस्थाले घरेलु टोलीमाथि दबाब बढाएको थियो । समर्थकले क्लबको स्वामित्व र व्यवस्थापनविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।

युनाइटेडका लागि अर्को चिन्ताको विषय मिडफिल्डर कार्लोस बालेबाको चोट बन्यो । पहिलो हाफमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

गएराति नै भएका अन्य खेलमा बार्सिलोनाले एस्टन भिल्लालाई ३-० ले हरायो भने पीएसजीले भिलारियललाई ६-०, बायर्नले एट्लेटिको मड्रिडलाई २-० तथा इन्टर मिलानले फेयनोर्डलाई ३-० ले हराए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

काठमाडौं । इंग्लिस फुटबलको चर्चित क्लब म्यानचेस्टर युनाइटेडलाई पुनः पुरानै लयमा फर्काउने चुनौती अब प्रशिक्षक माउरिसियो पोचेटिन्होका लागि ठूलो परीक्षा बन्ने देखिन्छ। पोचेटिन्होले यसअघि विभिन्न क्लब...

#युनाइटेड
Compare →

Related Stories

Education & Youth
Build #2612