Trending
Prev Story
Next Story

दशैँको दक्षिणा केमा खर्च गर्नुहुन्छ ? सानाे लगानी बन्न सक्छ भविष्यको साहारा

Arthasansar •
October 21, 2026 • 08:04 AM
3
3 reads 0 reactions

आज यो वर्षको विजयादशमीको मुख्य दिन दशैँ । आफ्ना मान्यजनबाट टिका जमरा लगाई आशिर्वाद थाप्ने दिन । आशिर्वादसँगै दशैँमा दक्षिणा...

दशैँको दक्षिणा केमा खर्च गर्नुहुन्छ ? सानाे लगानी बन्न सक्छ भविष्यको साहारा

आज यो वर्षको विजयादशमीको मुख्य दिन दशैँ । आफ्ना मान्यजनबाट टिका जमरा लगाई आशिर्वाद थाप्ने दिन । आशिर्वादसँगै दशैँमा दक्षिणा पनि प्राप्त हुन्छ । दशैँ तिहारको समयमा प्राप्त हुने दक्षिणाबाट हाम्रा बालबालिकाले फजुल खर्च गरिरहेका हुन्छ  । बच्चाका अभिभावकहरुले पनि यो विषयमा खासै चासो दिएको देखिदैन् ।

मामा, माइजु, काका काकी बाट पाएको दक्षिणालाई फजुल रुपमा खर्च गर्ने भन्दा पनि त्यसलाई कुनै क्षेत्रमा लगानी गर्ने बानि बसालियो भने त्यसले भविष्यमा ठूलो सहयोग पुग्न सक्छ । अहिलेको तपाइको सानो लगानी पछि तपाइका लागि ठूलो साहारा बन्न सक्छ । कुनै पनि कामको सुरुवात ढीलो र लगानी सानो नहुन सक्छ । तपाइले अघिल्ला वर्षहरुमा पाएको दक्षिणालाई फजुल रुपमा खर्च गरे पनि यो वर्ष देखि त्यो बानिलाई बदल्नु भयो भने तपाइको जीवनमा ठूलो परिवर्तन हुन सक्छ ।

पाएको दक्षिणाबाट फाइदा दिनका लागि के गर्ने भनेर साना बालबालिकाले सोच्न सक्दैन् । त्यसका लागि बाबु आमाले बच्चाको बानिलाई परिवर्तन गराउनु आवश्यक छ । यदि तपाइको बच्चाले पाएको दक्षिणा उसले साथीभाइहरुसँग खर्च गरेर अझ भनौ पिकनिक गएर सक्यो भने एक छिनका लागि रमाइलो मात्रै हो । तर, यदि बचत वा लगानी गरियो भने त्यो भविष्यको साहारा हुने निश्चित छ । तपाइलाई लाग्ला दशैँमा पाइन केही हजारको दक्षिणा कहाँ लगानी गर्ने होला ? तपाइले बैंक खाता खोलेर बचत गर्न सक्नुहुन्छ । पाएको दक्षिणामा अभिभावले केही रकम थपेर जीवन बीमा गर्न सक्नुहुन्छ । जसले तपाइको बचत र विभिन्न जोखिमको रक्षावरण गर्ने काम पनि गर्न सक्छ । बच्चाको जीवन बीमा गर्दा बाबु आमाको जोखिम वरण गर्ने र बच्चाको भविष्यको बचत पनि हुने हुँदा यो तर्फ ध्यान दिनु पर्ने आवश्यकता छ ।

यो मात्रै होइन, मानौ तपाइले यो दशैँमा १ हजार ५०० रुपैयाँ मात्रै दक्षिणा पाउनु भयो । यो बाट तपाइले बीमा गर्न नसक्नुहोला । तर, तपाइले १ हजार रुपैयाँमा पब्लिक कम्पनीले जारी गर्ने आईपीओ फर्न सक्नुहुन्छ । अहिलेको अवस्थामा तपाइलाई आईपीओ परेको खण्डमा त्यो कम्तिमा पनि ८–१० हजार रुपैयाँ पुग्छ नै । तपाइको लगानी १ हजार रुपैयाँ र तपाइले ७–८ हजार नाफा गर्नु भयो । त्यो नै तपाइको जीवनको टर्निङ प्वाइन्ट बन्न सक्छ । एक हजारले १० हजार कमाए पछि तपाइले फेरि १० वटा कम्पनीको आईपीओमा आवेदन दिन पुग्ने भयो । होइन तपाइ त्यसमा १० हजार थपेर २० हजार लगानी गरेर पुँजी बजारको दोस्रो बजारमा पनि प्रवेश गर्न सक्नुहुन्छ ।

हामीहरुले बालबालिकालाई अनावश्यक खर्च भन्दा पनि सानै देखि बचत गर्ने र लगानी गर्ने कुराको विषय सिकाउन आवश्यक छ । केही रुपैयाँ त हो सानै त छ नि भनेर भन्ने भन्दा पनि यो समयलाई नै शुन्य र सुरुवात मानेर त्यस तर्फ लाग्न सकियो भने जीवनमा आइपर्ने जटिलतासँग जुध्नका लागि सहज हुने छ । त्यसैले यो दशैँको दक्षिणाले तपाइको जीवनमा परिवर्तन ल्याउन सक्छ । सानो भए पनि लगानी गर्ने र बचत गर्ने बानीको विकास गरौँ । एक हजार रुपैयाँ त हो नि भनेर पिकनिक वा अन्य फजुल खर्चमा नसक्नुहोस् । विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

#खर्च
Compare →
Hamro Patro News
1d ago
दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

#दसैँ
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Onlinekhabar
4d ago
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्च
Compare →
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च
Compare →

Related Stories

Business & Economy
Build #2612