Trending
Prev Story
Next Story

एकै दिन ९ अर्ब डलरले बढ्यो अम्बानीको सम्पत्ति, चिनियाँ अर्बपतिलाई उछिन्दै फेरि बने एशियाकै धनी

Bizshala •
November 03, 2026 • 11:33 AM
2
2 reads 0 reactions

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरि एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।रिलायन्स...

एकै दिन ९ अर्ब डलरले बढ्यो अम्बानीको सम्पत्ति, चिनियाँ अर्बपतिलाई उछिन्दै फेरि बने एशियाकै धनी

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरि एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

रिलायन्स इन्डस्ट्रिजको सेयरमा आएको तीव्र उछालसँगै अम्बानीको सम्पत्ति एकै दिन करिब ९ अर्ब अमेरिकी डलरले बढेको हो । त्यसपछि उनले बाइटडान्सका सहसंस्थापक तथा चिनियाँ अर्बपति झाङ यिमिङलाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्तिको स्थान पुनः कब्जा गरेका छन् ।

सोमबार रिलायन्स इन्डस्ट्रिजको सेयर अघिल्लो कारोबार दिनको १ हजार १६४.९० भारुबाट बढेर १ हजार २२८ भारुमा खुलेको थियो । कारोबार बन्द हुँदा कम्पनीको सेयर ११.६० प्रतिशतले बढेर १ हजार ३०० भारु पुगेको थियो ।

सेयरमा आएको यही उछालले रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण पनि बढेर १७.५७ लाख करोड भारु पुगेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य भने १ हजार ६११.८० भारु रहेको छ ।

रिलायन्सको सेयर मूल्यमा आएको तीव्र वृद्धिको प्रत्यक्ष असर अम्बानीको नेटवर्थमा परेको हो । फोर्ब्सको रियल टाइम बिलियनेयर्स सूचीअनुसार अम्बानीको सम्पत्ति एकै दिन करिब १०.५ प्रतिशतले बढेर लगभग ८९ अर्ब अमेरिकी डलर पुगेको छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा २३औं स्थानमा उक्लिएका छन् ।

उता झाङ यिमिङको सम्पत्ति करिब ८४ अर्ब अमेरिकी डलर रहेको छ र उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा २५औं स्थानमा छन् ।

अम्बानीको सम्पत्तिमा आएको यो उछाल रिलायन्सको सेयर र्‍यालीसँग प्रत्यक्ष जोडिएको छ । सोमबार भारतीय सेयरबजारमा पनि उत्साह देखिएको थियो र रिलायन्सको सेयरले बजारको समग्र वृद्धिमा ठूलो योगदान दिएको थियो ।

यससँगै एकै दिनको सेयर मूल्य वृद्धिले विश्वका अर्बपतिहरूको सम्पत्ति र वरीयता कति तीव्र रूपमा बदलिन सक्छ भन्ने अर्को उदाहरण देखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ । फोर्ब्सका अनुसार कम्पनीको सेयर मूल्यमा आएको गिरावट...

#एकै #डलर #सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2612