Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : विराटनगरद्वार जनकपुर २ रनले पराजित, रसेलको अलराउन्ड प्रदर्शन

Arthasansar •
November 03, 2026 • 10:35 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनर २ रनल...

एनपीएल क्रिकेट : विराटनगरद्वार जनकपुर २ रनले पराजित, रसेलको अलराउन्ड प्रदर्शन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनर २ रनल विजयी भएको हो ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । उसका लागि सैफ हसनले सर्वाधिक ७१ रनको योगदान दिए पनि त्यो टोलिको हारका लागि पर्याप्त हुन सकेन् । त्यस्तै विशाल सुस्लिङले ४३ रन बनाए भने जेनि निसमले २७ रन बनाए । विराटनगरका लागि आन्द्र रसेलले ४ विकेट लिए । त्यस्तै एन्जेलो म्याथ्युजले २ विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतले टोलीका लागि सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी लोकेश बमले पनि ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए । अन्तिम समयमा विष्फोटक ब्याटिङ गरेका आन्द्रे रसेलले मात्र २९ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५२ रन बनाए । जनकपुर बोल्ट्सका तर्फबाट अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
17h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।

#एनपीएल #विकेट #जनकपुर
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
14h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612