Trending
Prev Story
Next Story

शुक्लाफाँटामा बस्ती पसेर दुःख दिने हात्तीमा 'रेडियो कलर' लगाइँदै

Ekantipur •
November 03, 2026 • 10:32 AM
3
3 reads 0 reactions

पुच्छर नभएको यो हात्तीले केही दिनयता बाली र घरमा क्षति पुर्‍याउँदै आएको छ, गत वर्ष यसको आक्रमणमा एक महिलाको मृत्यु भएको थियो।

शुक्लाफाँटामा बस्ती पसेर दुःख दिने हात्तीमा 'रेडियो कलर' लगाइँदै

पुच्छर नभएको यो हात्तीले केही दिनयता बाली र घरमा क्षति पुर्‍याउँदै आएको छ, गत वर्ष यसको आक्रमणमा एक महिलाको मृत्यु भएको थियो।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएकाे जंगली हात्तीमा रेडियो कलर जडानको काम सुरु भएको छ । मंगलबारदेखि निकुञ्ज प्रशासनले प्राविधिकसहितको टोली परिचालन गरेको हो ।

‘आज बिहानदेखि प्राविधिकहरूले काम सुरु गरेका छन्, एकपटक झाडीमा देखिएकाले डार्ट गर्न सकिएन,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘प्राविधिकहरू अहिले पनि हात्तीको खोजीमा छन् ।’

केही दिनयता उक्त पुच्छर नभएको हात्तीले मध्यवर्ती क्षेत्रमा बालीनालीसँगै घर भत्काउने गरेको छ । गत वर्ष यही हात्तीको आक्रमणबाट भीमदत्त नगरपालिका–१४ मा एक महिलाको मृत्यु भएको थियो ।

‘अपरेशन शुक्ला गजराज’ नाम दिइएको रेडियो कलर जडान कार्यका लागि निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल र नेपाली सेनासहित ३० जनाको टोली खटिएको छ ।

वरिष्ठ संरक्षण अधिकृत अर्यालका अनुसार हात्तीलाई सुरुमा डार्ट गरेर बेहोस पारिनेछ । त्यसपछि रेडियो कलर जडान गरेर निरन्तर अनुगमन गरिनेछ । यसले हात्ती बस्तीमा पसेर धनजनको क्षति कम गर्न सकिने अर्याल बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानवहात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि...

#हात्ती
Compare →
Onlinekhabar
1d ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#हात्ती
Compare →
Nagarik News
1d ago
दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ ।

#हात्ती
Compare →

Related Stories

World News
Build #2612