Trending
Prev Story
Next Story

कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ?

Onlinekhabar •
November 03, 2026 • 10:00 AM
3
3 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । पछिल्लो एक महिना अवधिमा ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आज मंगलबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्यमा …

कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ?

१७ कात्तिक, काठमाडौं । पछिल्लो एक महिना अवधिमा ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आज मंगलबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्यमा थप प्रतिकिलो १० रुपैयाँले गिरावट आएको छ ।

नयाँ निर्णयसँगै जिउँदो कुखुराको कोल्डस्टोर खरिद मूल्य घटेर प्रतिलो २ सय ५० रुपैयाँ कायम भएको छ । खरिद मूल्य घटेसँगै संघले काठमाडौं उपत्यकाभित्र उपभोक्ताका लागि ब्रोइलर कुखुराको तयारी मासुको खुद्रा बिक्री मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ निर्धारण गरेको छ । यसअघि खुद्रामा कुखुरा मासु प्रतिकिलो मूल्य ३ सय ८५ रुपैयाँ कायम थियो ।

प्राप्त तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा मात्रै जिउँदो कुखुराको मूल्य पाँच पटकसम्म घटेको छ । १६ असोजमा प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको जिउँदो कुखुराको खरिद मूल्य ९ कात्तिकमा घटेर २ सय ८० रुपैयाँ कायम भएको थियो ।

फेरि ११ कात्तिकमा २ सय ७० र १३ कात्तिकमा २ सय ६० रुपैयाँ कायम भएको मूल्य १७ कात्तिकमा पुन: १० रुपैयाँ घटेर २ सय ५० मा झरेको हो ।

यसरी हेर्दा १६ असोजदेखि कात्तिक १७ सम्म आइपुग्दा पाँच चरणमा जिउँदो कुखुराको खरिद मूल्य प्रतिकिलो कुल ४० रुपैयाँले सस्तो भएको छ ।

छोटो समयमै खरिद मूल्यमा आएको यस निरन्तरको गिरावटले उपभोक्तालाई राहत मिले पनि कुखुरापालक किसानले भने दाना, चल्ला, औषधि र ढुवानी लागत निरन्तर बढिरहेको समयमा आफ्नो उत्पादन बिक्री गर्दा प्राप्त गर्ने आम्दानीमा कमी आउँदा ठूलो आर्थिक दबाब परेको बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#काठमाडौं #तयारी
Compare →
Nagarik News
18h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612