Trending
Prev Story
Next Story

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

Onlinekhabar •
November 03, 2026 • 09:01 AM
3
3 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मदतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

१७ कात्तिक, काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मदतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।

ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजन यो पहिलो शतकिय साझेदारी हो ।

यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक ब्याटिङ गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
17h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
21h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

World News
Build #2612