Trending
Prev Story
Next Story

प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश गर्दैन : मुख्यमन्त्री थापा

Nagarik News •
November 03, 2026 • 07:23 AM
3
3 reads 0 reactions

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पारेका छन्।

प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश गर्दैन : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पारेका छन्। उनले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति प्रदेश सरकारले लिएको बताए।

जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री थापा मगरले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमा अत्यधिक टुक्रे योजनाको सङ्ख्या बढेको र त्यस्ता योजना सम्पन्न गर्नसमेत कठिनाइ भएको बताए। उनले भने, 'अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ। व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो।'

सडक पूर्वाधार निर्माणका विषयमा पनि प्रदेश सरकारले नयाँ मापदण्ड बनाउन लागेको उनले जानकारी दिए। अब ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने र साना सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई नै दिने नीति अघि सारिएको उनको भनाइ थियो। 'प्रदेश सरकारले अब कुनै पनि सडकको ट्र्याक खोल्ने काम गर्दैन। त्यो काम स्थानीय तहले नै गर्नुपर्छ। स्थानीय तहले मापदण्डअनुसार ट्र्याक खोलेका सडकको स्तरोन्नतिका लागि मात्र प्रदेश सरकारले काम गर्छ,' उनले स्पष्ट पारे।

मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेशको काम छैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै त्यसको जवाफ सरकारले कामबाटै दिनुपर्ने बताए। उनले प्रदेश काम छैन भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यसलाई कामले नै चिर्नुपर्ने बताए। प्रदेश काम छ कि छैन भन्ने कुरा नागरिकले हेरिरहेका बताउँदै थापाले बागमती प्रदेशका १३ वटै जिल्लामा धेरै काम भएका तर त्यसको प्रचार गर्न नसकिएको बताए ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै उनले जिल्लामै विशेषज्ञ सेवासहितका अस्पताल निर्माण हुँदा नागरिकले उपचारका लागि अन्यत्र धाउनुपर्ने र समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थाबाट राहत पाएको बताए। त्यस्तै सडक, खानेपानी, अन्य पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रका प्रदेश सरकारले उल्लेख्य काम गरेको उनले दाबी गरे।

त्यसैगरी, संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा पठाइएका योजना समयमै अनुगमन हुन सके कार्यान्वयनमा गुणस्तर कायम हुने उनको भनाइ छ। योजनाको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिले पनि निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय तहमा पठाइएका बजेट तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्तीले समग्र प्रगति प्रभावित हुने बताए। उनले स्थानीय तहलाई प्राप्त बजेट र कार्यक्रम समयमै कार्यान्वयन गर्न आग्रह गर्दै विकास निर्माणका काममा समन्वय, अनुगमन र प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको धारणा राखे।

प्रकाशित: १७ कार्तिक २०८३ १३:०८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#मुख्यमन्त्री #थापा
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मुख्यमन्त्री
Compare →
Arthasansar
3d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
3h ago
मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612