Trending
Prev Story
Next Story

जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा

Ekantipur •
November 03, 2026 • 07:02 AM
3
3 reads 0 reactions

कीर्तिपुरमा कप्तान हरमित सिंहले टस जितेपछि जनकपुरले विराटनगरलाई ब्याटिङको निम्ता दिएको छ, दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन्।

जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा

कीर्तिपुरमा कप्तान हरमित सिंहले टस जितेपछि जनकपुरले विराटनगरलाई ब्याटिङको निम्ता दिएको छ, दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन्।

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । जनकपुरका कप्तान हरमित सिंहले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङको निम्ता दिएका हुन् ।

जनकपुरको टोलीमा एक परिवर्तन गरिएको छ । मयन यादवको स्थानमा विशाल सुश्लिङ खेलिरहेका छन् । विराटनगरले पनि एक खेलाडी परिवर्तन गरेको छ । टोलीले प्रतिश जीसीको स्थानमा अपराजित पौडेललाई खेलाएको छ ।

जनकपुरको टोलीमा हरमित सिंहसहित मोइन अली, तृतराज दास, सैफ हसन, अनिल साह, जिम्मी निसम, अभिषेक तिवारी, अमरसिंह रौटेला, राहुल यादव, ललित राजवंशी र विशाल सुश्लिङ खेलिरहेका छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको टोलीमा लोकेश बम, सेहान जयसूर्या, इमरान शेख, एन्जेलो म्याथ्युज, बसिर अहमद, शुभम रन्जने, एन्ड्रे रसेल, नारायण जोशी, अपराजित पौडेल र रुपेश सिंह छन् ।

यो खेल जित्ने टोली अंकतालिकाको शीर्ष स्थानमा पुग्नेछ । जनकपुरले ३ खेलमा २ जितसहित ४ अंक जोडेको छ भने विराटनगरले ३ खेलमा १ जित र २ हार बेहोरेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#जनकपुर #ब्याटिङ
Compare →
Hamro Patro News
19h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#जनकपुर #ब्याटिङ
Compare →
Onlinekhabar
17h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#जनकपुर #ब्याटिङ
Compare →
Arthasansar
1d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612