Trending
Prev Story
Next Story

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

Ekantipur •
November 03, 2026 • 05:01 AM
2
2 reads 0 reactions

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौँ — काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाउँदै प्राकृतिक फूल तथा मालाको बिक्रीका लागि विभिन्न स्थान तोकेको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो । सूचनामा प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने चेतावनीसमेत दिइएको छ ।

महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री–वितरणका लागि विभिन्न स्थान तोकेको जनाएको छ । महानगरले ती स्थानमा तोकिएको व्यवस्थाअनुसार फूलमाला बिक्री गर्न अनुरोध गरेको छ ।

महानगरले फूलमाला बिक्रीका लागि बानेश्वर, शंखमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालिमाटी, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगन्ज, गोंगबु, चप्पलकारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्युरोड, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थान तोकेको छ ।

महानगरले किसानले उत्पादन गरेका फूल तथा मालालाई प्राथमिकता दिँदै बिक्री–वितरणको व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गरेको छ । बिक्री–वितरणका लागि तोकिएका स्थानमा महानगर प्रहरी बलले सहजीकरण गर्ने सूचनामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
19h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #काठमाडौं #महानगर
Compare →
Hamro Patro News
14h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#काठमाडौं #स्थान
Compare →

Related Stories

National (Nepal)
Build #2612