Trending
Prev Story
Next Story

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

Onlinekhabar •
November 03, 2026 • 02:31 AM
3
3 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला काम–कारबाहीविरुद्ध संसद्भित्र र बाहिर रहेका विपक्षी दलहरूलाई एकजुट बनाउन कसरत थालेको छ । केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने संकेत …

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला काम–कारबाहीविरुद्ध संसद्भित्र र बाहिर रहेका विपक्षी दलहरूलाई एकजुट बनाउन कसरत थालेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने संकेत गरेको भोलिपल्टैबाट कांग्रेसले विपक्षी दलहरूलाई एकजुट बनाउन पहल गरेको हो ।

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले संसद् र सडकबाट सरकारलाई जवाफदेही बनाउन विपक्षी दलहरूलाई एउटै ठाउँमा उभ्याउन खोजेको छ ।

यही प्रयासस्वरूप कांग्रेसले सोमबार विपक्षी दलहरूको बैठक बोलाएर साझा मोर्चा निर्माणको प्रयास अघि बढाएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेको छ ।

बैठकमा सहभागी नेकपा नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए । ‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद् बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि उनले भने ।

संसद् बैठक आह्वान गरेर जनताका विषयहरू, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधानमाथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रूपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

नेता हमालले बैठकमा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल गरेको बताए । ‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेका छन्,’ हमालले भने, ‘त्यस्तै किसिमले जनजीविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुनर्निर्माणका विषयमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।

बैठकमा नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेकपाबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी थिए ।

यस्तै, (राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको थियो । बैठकमा संसद् बाहिर रहेका दलका नेताहरू पनि उपस्थित थिए ।

रास्वपा नेतृत्वमा गठन भएको सरकारलाई शंकाको सुविधा दिँदै आएको कांग्रेस पछिल्लो समय विपक्षीका रूपमा आक्रामक ढंगले उपस्थित हुन खोजिरहेको देखिन्छ । उसले अहिले संसद् भित्र र संसद् बाहिर रहेका दलहरूको साथ खोजिरहेको छ ।

कांग्रेस महामन्त्री उदयशमशेर राणा सरकारका गतिविधिविरुद्ध साझा आवाज उठाउन विपक्षी दलहरूको साथ खोजिएको बताउँछन् । प्रेसमाथिको आक्रमण, अदालतमा हस्तक्षेप र कर्मचारीमाथि दबाब दिने गतिविधि लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएकाले संविधान र लोकतन्त्रमा विश्वास गर्ने सबै दल एकै ठाउँमा उभिनुपरेको उनको भनाइ छ ।

‘प्रेसमाथि आक्रमण, अदालतमा हस्तक्षेप र कर्मचारीहरूलाई बुलिङ गर्ने जस्ता गैरलोकतान्त्रिक गतिविधि हुन थालेपछि हामी सबै पार्टीले एउटै आवाज उठाउनुपर्छ,’ महामन्त्री राणाले भने, ‘हामी संविधान र लोकतन्त्रमा विश्वास गर्छौं । त्यसैले संविधान र लोकतन्त्रको रक्षा गर्न सबैले संयुक्त रूपमा आवाज उठाउनुपर्छ ।’

महामन्त्री राणाले प्रतिपक्षी दलहरूको मोर्चाबन्दीलाई सामान्य अभ्यासको रूपमा व्याख्या गरे । ‘यो सामान्य अभ्यास हो । नेपालमा मात्र होइन, अन्य संसदीय लोकतन्त्र भएका मुलुकमा पनि सरकारले यस्ता गतिविधि गर्न थालेपछि संविधान र लोकतन्त्रमा विश्वास गर्ने सबै विपक्षी दलले संयुक्त रूपमा आफ्ना कुरा उठाउने र छलफल गर्ने अभ्यास हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

अर्का महामन्त्री डा. डिला संग्रौलाले लोकतन्त्रमाथि आक्रमण भइरहेकाले कांग्रेसले विपक्षी दलहरूलाई साथमा लिएर अघि बढ्न खोजेको बताइन् । कांग्रेसले प्रेसमाथि आक्रमण, अदालतमा हस्तक्षेप र कर्मचारीमाथि दबाब दिने सरकारका गतिविधिविरुद्ध सबै दलले एकै स्वरमा आवाज उठाउनुपर्ने बताएको उनको भनाइ छ ।

कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि संकट आउँदा विगतमा पनि सबै दललाई एकजुट बनाएर नेतृत्व गरेको इतिहास रहेको उल्लेख गर्दै महामन्त्री संग्रौलाले अहिले पनि त्यस्तै परिस्थितिमा सहकार्यको पहल गरेको बताइन् ।

‘लोकतन्त्रमाथि आक्रमण भइरहेको छ । लोकतान्त्रिक मूल्य–मान्यताहरू कमजोर हुँदै जाँदा नेपाली कांग्रेसले जहिले पनि नेतृत्व गरेर, सबै दललाई आह्वान गरेर अगाडि बढेको इतिहास छ,’ उनले भनिन्, ‘आज पनि परिस्थिति त्यस्तै छ ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेसको पछिल्लो पहललाई प्रतिपक्षी भूमिकामा सशक्त रूपमा प्रस्तुत हुने सन्देशका रूपमा व्याख्या गर्छन् । विपक्षी दलहरूलाई साथमा लिएर कांग्रेसले संसद्मा प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्न खोजेको उनको विश्लेषण छ । ‘यो कांग्रेसले प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट सन्देश हो,’ उनले भने ।

कांग्रेस नेताहरू पनि सरकारविरुद्धको संसदीय लडाइँमा अन्य विपक्षी दलहरूलाई समेत सहभागी गराउन खोजिएको बताउँछन् ।

पार्टीको १५औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी शंकर तिवारी कांग्रेसले एक्लै नभई अन्य विपक्षी दलको साथ लिएर सरकारका गतिविधिविरुद्ध आवाज उठाउन चाहेको बताउँछन् । ‘कांग्रेस संसद्भित्रको लडाइँ एक्लै होइन, अरू बाँकी विपक्षी दललाई समेत साथमा लिएर लड्न चाहन्छ,’ उनले भने ।

कांग्रेस सभापति गगनकुमार थापाले पनि सरकारका गतिविधि विधि र प्रक्रियाभन्दा बाहिर जान थालेपछि प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताएका छन् । १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आइतबार पहिलोपटक पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थापाले प्रमुख प्रतिपक्षी दलको भूमिका सशक्त बनाउने बताएका थिए ।

छलफलपछि सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीले सीमा नाघेको निष्कर्षमा कांग्रेस पुगेको उल्लेख गरेका थिए । ‘सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं । हामी प्रश्न गर्छौं,’ सभापति थापाले भनेका थिए, ‘आवश्यक पर्‍यो भने कांग्रेसले प्रतिवाद पनि गर्छ । आज त्यस्तै परिस्थिति आएको छ ।’

कांग्रेसले रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएको सात महिनापछि सरकारी कदमविरुद्ध प्रश्न उठाएको हो । बालेन नेतृत्वको सरकारले विगतमा गरेका कतिपय गलत क्रियाकलापमा शंकाको लाभ दिए पनि अब भने छुट नदिने निर्णयमा कांग्रेस पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी

काठमाडौं - नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा ...

#कांग्रेस
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस
Compare →
Nagarik News
5d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#कांग्रेस
Compare →
Arthasansar
6d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#विपक्षी
Compare →

Related Stories

Politics & Governance
Build #2612